Breaking news 3

हरिवनमा वनको डढेलो गोठमा सल्किँदा बाख्रा फार्म जल्यो

हरिवनमा वनको डढेलो गोठमा सल्किँदा बाख्रा फार्म जल्यो

Breaking news 3, सर्लाही बिशेष
हरिवन | सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नम्बर– १ बिलन्दीमा बुधबार दिउँसो आगलागी भएको छ ।नेकपा एमालेका नेता एवम् अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्षसमेत रहेका किसान उत्तम परियारले सञ्चालन गरेको बाख्रा फार्ममा आगलागी भएको हो । आगलागीबाट सोलार बैट्री , लत्ताकपडा, बाख्रलाई दानापानी दिने भाँडाकुडाहरु जलेर खरानी भएका छन् ।आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।घरका मान्छे सबै बजार गएको बेला दिउँसो साढे १२ बजे तिर आगलागी भएको हो । केही दिनदेखि हरिवन नगरपालिका वडा नम्बर ८, ९ र १ मा पर्ने शिवेश्वर सामुदायिक वन र हरिवन वडा नम्बर ८ र १ मा पर्ने मनकामना सामुदायिक वनमा आगलागी भइरहेको थियो । वनमा लागेको आगो फैलिएर बाख्रा फार्ममा सल्किएको स्थानीयले बताएको छ । बाख्रा चरणको लागि खोलिएको समयमा आगलागी भएकाले पशुचौपाय र मानवीय क्षति भने नभएको बताइएको छ । जंगलबाट फैलिएर आएको आगो...
भूटानसँग हारबाट जोगियो नेपाल, लाओससँग फाइनल खेल्ने

भूटानसँग हारबाट जोगियो नेपाल, लाओससँग फाइनल खेल्ने

Breaking news 3, खेलकुद
काठमाण्डाै | नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको लिग चरणको खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । पहिलो हाफमा १–० गोलले पछि रहेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल १–१ को बराबरीमा ल्याएको हो । नेपालका लागि दीपकराजसिंह ठकुरीले खेलको अन्तिम समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाए । भुटानका लागि खेलको १९ औँ मिनेटमा तेन्जिन नोर्बुले गोल गरे । योसँगै नेपालले भुटानसँगको खेलमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि भएका सबै १२ खेल नेपालले जितेको थियो । अब नेपालले फाइनलमा आउँदो शुक्रवार लाओससँग खेल्नेछ । नेपाल ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा र लाओस ३ अङ्कसहित दोस्रो भयो । १ अङ्क जोडेको भुटान समूह चरणबाट बाहिरियो । प्रतियोगिताको वि...
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

Breaking news 3, राजनीति
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।आइतवार पार्टी केन्द्रीय कार्यालय वसुन्धरामा पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो। एक नेताका अनुसार सभापति लामिछानेले पछिल्लो राजनीतिक अवस्थाको विश्लेषण गर्दै अहिलेलाई प्रचण्डलाई विश्वासको मत दिएर जान उचित हुने बैठकमा बताएका थिए। सभापति रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा अघि नबढाउने चर्चाबीच रास्वपाको यस्तो निर्णय आएको हो। यसअघि सांसददेखि मन्त्री पदसमेत गुमाएका सभापति लामिछाने वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उठ्न तयार छन्।यसअघि फागुन २५ मा नेपाली कांग्रेसका वरिष्ठ नेत रामचन्द्र पौडेलाई राष्ट्रपतिका लागि भोट दिएको रास्वपा प्रचण्डलाई पनि विश्वा...
राम्जी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको ‘ चाेलिका तुनामा ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

राम्जी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको ‘ चाेलिका तुनामा ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

Breaking news 3, मनोरञ्जन
निराज रानाभाट , काठमाडौं । चर्चित गायक बादल थापा र चर्चित गायिका अनु चौधरीको स्वर रहेको ‘ चाेलिका तुनामा ’ को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ। उक्त गीतमा लेखराज गिरीको शब्द तथा संगीत रहेको छ। भिडियोमा सागर खनाल र सरस्वती खत्रीकाे अभिनय रहेको छ। राम्जी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियो तारिफयोग्य बनेको छ। उक्त भिडियोमा निर्मला खत्री र दीप सि.के. सहायक निर्देशनकाे रूपमा रहेका छन् । यस म्युजिक भिडियोकाे छायांकन / फोटो निर्देशकमा मन कृष्ण महर्जन रहेका छन, भने बन्दी प्रसादको सम्पादन रहेको छ, भने राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ। यस्तै, गीतकाे । मारुनी डिजिटल रेकर्डिङग् स्टुडियो प्रा.लि. मा रेकर्ड भएको गीतमा सुमन राना र खुमन राना रेकडिष्ट रहेका छन् , भने मिक्स / मास्टरिङ्मामा कुमार राना रहेका छन । त्यसैगरी, उक्त गीतमा सन्दीप कार्कीले एरेञ्ज ...
सविन कुमार तोलाङगीको ‘ बधाई मुरी मुरी २ ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

सविन कुमार तोलाङगीको ‘ बधाई मुरी मुरी २ ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

Breaking news 3, मनोरञ्जन
निराज रानाभाट, काठमाडौं : गायक राजन श्रेष्ठको आवाज रहेको नेपाली आधुनिक गीत ‘ बधाई मुरी मुरी २’ को म्युजिक भिडियाे सार्वजनिक भएको छ । सविन कुमार तोलाङगीको निर्देशन रहेको म्युजिक भिडियोमा नेपाली साङ्केतिक क्षेत्रमा चर्चित मोडेल आयुश्मा कार्की, योगराज पाण्डे, पार्वती गिरी र अन्जिल जंग कुवँर क्षेत्रीको अभिनय रहेको छ, साथै बाल कलाकार सक्षम सिंह ठकुरीकाे समेतको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको निर्माण यस् बहादुर गुरुङ र कमल प्रसाद शर्माले गरेका छन् ।   अलाङ्कार रेकर्डिङग् स्टुडियोमा रेकर्ड भएको गीतमा चन्द्र जप्रेलको शब्द रहेको छ, भने ज्ञानेन्द्र गिरीको संगीत तथा एरेन्ज रहेको छ । जसमा रन्जन राई रेकडिष्ट / मिक्स रहेका छन, बिसाल निरौला मास्टरिङ्मा रहेका छन । मेकपमा सीता मगर र सन्तोषी आचार्य रहेका छन् । काठमाडौंको विभिन्न रमणिय स्थानहरुमा छायांकन रहेको म्युजिक भिडियोमा राजेश घिमिर...
सर्लाहीको गोडैताका एक युवकको भारतमा कुटपीट गरी हत्या

सर्लाहीको गोडैताका एक युवकको भारतमा कुटपीट गरी हत्या

Breaking news 1, Breaking news 3, सर्लाही बिशेष
सर्लाही | युवकको भारतमा हत्या भएको छ। मजदुरीका लागि भारतको पञ्जाब पुगेका गोडैता नगरपालिका–१२ का ४० वर्षीय रोजा बैठाको चार दिनअघि हत्या भएको हो। भारतीय युवकले कुटपित गर्दा उनको मृत्यु भएको आफन्तले बताएका छन्। बैठा विगत चार महिनादेखि गाउँकै साथीहरुसँग मजदुरी गरेर पञ्जाबमा बस्दै आएका थिए।  आफन्तको भनाई उद्धृत गर्दै सर्लाही प्रहरीले जनाएअनुसार यहि फागुन २४ गते साँझ सामान्य विवादमा बैठामाथि ३५ वर्षीय भारतीय युवक महेश माझीले चिर्पट प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए। स्थानीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका उनको फागुन २५ गते बिहान मृत्यु भएको हो।मृतक बैठाको शव शनिबार आफन्तले पञ्जाबबाट गोडैतास्थित घर ल्याइपुर्याएका छन्। घटनाबारे जानकारी लिन मृतकको घरमा पुगेका प्रहरीले शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलंगवा लगेका छन्। पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै युवकको मृत्युको कारण खु...
कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

Breaking news 3
काठमाडौँ । (शनिबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) तथा बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र  गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना छ। यस्तै आज राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। ...
विषादी रहित खाद्यान्न भण्डारण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

विषादी रहित खाद्यान्न भण्डारण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

Breaking news 3, समाचार
निराज रानाभाट , ललितपुर : मेरो एग्रो प्रा.लि. ले विषादी रहित खाद्यान्न भण्डारण कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा ललितपुरको होटल हिमालयमा सरोकारवाला निकायसँग छलफल गरेको छ । कम्पनीले लामो समयदेखि विषादी रहित खाद्यान्न भण्डारणको लागि ग्रेन प्रो ब्याग, ग्रेन सेफ ब्याग, सुपर ग्रेन ब्याग, कोकुनका साथै छिटो छरितो सुकाउनको लागि सोलर बबल ड्रायर, कोल्यावसेवल ड्रायर र अक्सिजन नाप्नको लागि अक्सिमिटर, मोईस्चर मापनको लागि मोईस्चर मिटर, आदि बिक्री - वितरण गर्दै आएको छ । सरकारी एवम् गैरसरकारी व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा ब्यागको प्रभावकारीताको बारेमा प्रस्तुतिकरण गरिएको थियो । ग्रेन प्रोका लागि एसिया एण्ड मिडल ईस्ट कन्ट्रि म्यानेजर प्रविण गुप्ताले ब्यागको महत्व र यसको उपयोगिताको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै मेरो एग्रो प्रा.लि.का संचालक श्रीकृष्ण श्रेष्ठले ग्रा...
नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो १ बजे

नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो १ बजे

Breaking news 3, राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।  सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए । उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ ।  ‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौं । भोलि एक बजे अघि टुंग्याउँछौ । केही परिवर्तन भएछ भने सल्लाहम...
अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय

अझै खुलेनन् सर्लाहीका छोटी भन्सार कार्यालय

Breaking news 3, समाचार, सर्लाही बिशेष
सर्लाही |  द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसक्दा सिमानाकाबाट भन्सार छली तथा चोरी तस्करी बढेको छ । छिमेकी देश भारतसँग ५१ किलोमिटर खुला सिमानामा जोडिएको जिल्लामा सातवटा छोटी भन्सार कार्यालय छन् । एउटा मुख्य भन्सार कार्यालय रहेको छ । सबै छोटी भन्सार कार्यालय बन्द छन् । गोरखकाली नाकामा रहेको मुख्य भन्सार कार्यालय मात्र अहिले सञ्चालनमा छ । छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लाका साना व्यापारी मारमा परेका छन् । छिमेकी देश भारतसँग खुला सिमाना हुनु र नजिकै नेपाली बजार नहुँदा दैनिक उपभोग्य सामग्रीका लागि  भारतीय बजारमाथि भर पर्नुपर्ने हुँदा सीमा क्षेत्रका साना व्यापारी तथा स्थानीयवासी मारमा परेका स्थानीय जानकार उमाशङ्कर साहले बताउनुभयो । जिल्लाका साना व्यापारीले छोटी भन्सारको बाटो भएर सामा...