Author: हाम्रो सर्लाही

अर्को महिनादेखि फेसबुकले बन्द गर्दैछ मेसेन्जर लाइट

अर्को महिनादेखि फेसबुकले बन्द गर्दैछ मेसेन्जर लाइट

Breaking news 2
काठमाडौं । मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज तथा डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने भएको छ । समाचार अनुसार गुगल प्ले स्टोरबाट यसअघि नै हटाइएको यो एप एन्ड्रोइड डिभाइसमा आगामी महिनादेखि बन्द हुनेछ । अर्थात् जो प्रयोगकर्ताको स्मार्टफोनमा यसअघि नै मेसेन्जर लाइट एप डाउनलोड भैसकेको छ उनीहरुका लागि समेत सेप्टेम्बर १८ देखि एन्ड्रोइडले सपोर्ट बन्द गर्नेछ भने सेप्टेम्बर २८ देखि मेसेज आदानप्रदान नै रोक्नेछ । फेसबुकले सन् २०१६ मा मेसेन्जर लाइट एप ल्याएको थियो । यो एप प्रयोगकर्तामाझ निकै लोकप्रिय पनि थियो । डिभाइसको स्टोरेज कम ओगट्ने तथा डाटा खपत पनि कम गर्ने यो एप आइओएसमा भने सन् २०२० मै बन्द गरिएको थियो । मेसेन्जर लाइटलाई विश्वभरका ७६करोड मानिसले डाउनलोड गरेका थिए । यसका सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा थिए भने दोश्रोमा ब्राजिल र तेश्रोमा इण्डोनेसिया थियो...
‘उडायो सपना’ बोलको म्युजिक भिडियो सार्वजनिक

‘उडायो सपना’ बोलको म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन, सर्लाही बिशेष
लालबन्दी । गायक सन्तोष दाहालको उडायो सपना बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक दाहालको शब्द, संगीत तथा स्वरमा जिनियस म्युजिक कम्पनीबाट म्युजिक भिडियो सार्वजनिक भएको हो । अडियो भने केहि दिन अघि नै म्युजिक नेपालले सार्वजनिक गरेको थियो । दाहालले नेपालमै पहिलो पटक राति जोगीले बजाउने फेरीबाजाको प्रयोग गरेर गीत सार्वजनिक गरेको दाबि गरेका छन। उनले हालसम्म यो बाजा प्रयोग गरि कुनै पनि संगीत सिर्जना नगरिएको बताए । करिव एक दर्जन गीत सार्वजनिक गरिसकेका दाहालको मेचीको कसम, कालिको कसम बोलको स्वदेस गीत र मिडिया रे बोलको गीत अत्यधिक चर्चामा छन । https://m.youtube.com/watch?v=GN8jJ-0sZXs&si=IrxkHzl14mkXB0dO&fbclid=IwAR1U7CIEoIeCLcrInHE7ymP-bpudxbab3PU-VtZPGXZQ4cKGla7lqgbcSqI ...
सर्लाहीका किसानले उखुको अनुदान पाएनन्

सर्लाहीका किसानले उखुको अनुदान पाएनन्

Breaking news 1, ट्रेन्डिङ, सर्लाही बिशेष
सर्लाही। सर्लाही जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् । उखु बिक्री गरेको नौ महिना बितिसक्दा पनि सरकारी अनुदानको रकम नपाउँदा आफूहरु निकै मारमा परेको किसान रामवली महतोले बताए । उनका अनुसार सरकारले घोषणा गरेको उखुको अनुदानको रकम समयमा भुक्तानी नहुँदा घर खर्च टार्न र खेतीपाती लगाउन मुस्किल भएको छ । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल छ सय १० निर्धारण गरेको थियो । त्यसमध्ये उद्योगले पाँच सय ४० र सरकारले ७० गरी किसानलाई छ सय १० भुक्तानी गर्ने सहमति भए पनि हालसम्म पनि सरकारले दिने भनिएको अनुदानबापतको रकम प्रतिक्विन्टल ७० नपाइ...
आज मिति २०८० भदाै ११ गते, सोमबारको हेर्नुहोस् आजको राशिफल

आज मिति २०८० भदाै ११ गते, सोमबारको हेर्नुहोस् आजको राशिफल

दैनिक राशिफल
मेष काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ । रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन । वृष पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ । मिथुन बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । महत्वाकांक्षी योजना सफल होलान । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । कर्कट व्यापार ब्यबसायमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धी पराजित हुनेछन । सोचेभन्दा आम्दानी बढ्नेछ । सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । सिंह विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । कन्या पारिवारिक सम्बन्धमा सुधार आउनेछ । मनग्य धन आर्जन हुनेछ । साथीभाईसँग रमाइलो भेटघाट हुने...
सरकारका कामलाई स्थापित गर्न बुद्धिजीवीलाई प्रधानमन्त्रीको आग्रह

सरकारका कामलाई स्थापित गर्न बुद्धिजीवीलाई प्रधानमन्त्रीको आग्रह

Breaking news 3, राजनीति
काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय सरकारले गरेका कामलाई जनतामा स्थापित गर्न आग्रह गरेका छन् । माओवादी केन्द्र निकट बुद्धिजिविहरूको संगठन नेपाल बुद्धिजीवी संगठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले एकथरी व्यक्तिहरू सरकारको कामबाट विछिप्त भएको भन्दै त्यसको रक्षा र प्रचारमा बुद्धिजीवी संगठन लाग्नु पर्ने बताए । ‘सरकारले गरेका राम्रा कामबाट विक्षिप्त भएका छन् । उनीहरूले माओवादी पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन्,’ उनले भने, ‘त्यसलाई चिर्न बुद्धिजीवी संगठनले महत्वपूर्ण रोल खेल्नुपर्छ ।’ ...
माओवादी केन्द्रको आईसीटी फोरम गठन

माओवादी केन्द्रको आईसीटी फोरम गठन

ट्रेन्डिङ, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णयअनुसार आईसीटी फोरम गठन गरेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टी कार्यालय पेरिस डाँडामा रिमोटमार्फत आईसीटी फोरमको उद्घाटन गरेका हुन् । अध्यक्ष प्रचण्डले पछिल्लो समय त्याग र सर्मपणभन्दा पनि हल्लाको भरमा संगठन बनाउने संस्कृति देखिएको भन्दै त्यसलाई चिर्ने गरी सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्न आईसीटी फोरम गठन गरिएको बताए । ‘अहिलेको यूग सूचना प्रविधिको युगको रुपमा स्थापित भएको छ । यसको महत्व कति छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । विज्ञान र प्रविधिको महत्व बुझेर त्यसलाई महत्व दिएका राजनीतिक दल सफल हुने नदिए असफल हुने देखिएको छ’, उनले भने, ‘त्यसैले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय अनुसार आईसीटी फोरमको गठन गर्ने निर्णय गरिएको छ ...
लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कारमा १० कृति छानिए

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कारमा १० कृति छानिए

सर्लाही बिशेष, स्थानीय
सर्लाही । लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–०८० का लागि छनोट भएका १० कृतिको नाम लालबन्दी नगर वाङ्‌मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, संगीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रञ्जना निरौलाको ‘अनुभूतिको अवतरण’, सिम्रन क्षेत्रीको ‘झुमर’, दामोदर पुडासैनी किशोरको ‘डोल्पो ओ डोल्पो’, रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’, सन्तोष श्रेष्ठको ‘फरैना’, रामलाल जोशीको ‘बाआमा’, प्रोल्लास सिन्धुलीयको ‘भग्न भैरव’, युवराज नयाँघरेको ‘याकजी’, विदुर चालिसेको ‘लघुकथालय’ र अशोक थापाको ‘सन्तापको धून’ परेको परिषद्ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । वाङ्‌मय परिषद्लाई प्राप्त १४५ कृतिमध्ये सम्मान तथा पुरस्कार छनोट समितिले छनोट गरी ...
आज २०८० भदाै १० गते, आइतवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

आज २०८० भदाै १० गते, आइतवारको राशिफल संगै चमेलि माईको दर्शन गरौँ !

दैनिक राशिफल
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। शक्तिको धाक देखाउनेहरू स्वत: पछि पर्नेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएका काम पनि बन्नेछन्। सानो प्रयत्नले धेरैको भलाइ हुने काम गर्न सकिनेछ। बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले समस्या पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, अप्ठ्यारो परिस्थितिसँग जुध्नुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ। कमजोरीका बाबजुद कष्टसाध्य काममा जुट्नुपर्ला। मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता...
मोरङको बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

मोरङको बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

Breaking news 2, ट्रेन्डिङ, समाचार
मोरङ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् । ‘बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहा भयो यो नेपालको लागि नयाँ प्रजातिको कछुवा भनेर,’ वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए । सन् २०२२ मा आरको नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्ट सेल (कालो नरम खपटे) प्रजातिको कछुवा फेला पारेको हो । जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ रहेको छ । उक्त अनुसन्धान टोलीका एक सदस्य तपिल प्रकाश राईका अनुसार उक्त कछुवा ‘आइयुसीएन’मा अति सङ्कटापन्...
महासेठ मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित

महासेठ मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित

Breaking news 2
सिरहा । नेपाल क्रिकेट संघ (क्यान) को मधेश प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सुनिल महासेठ निर्वाचित भएका छन् । शनिबार भएको संघको दोस्रो साधारण सभा तथा अधिवेशनबाट सिरहाका महासेठ अध्यक्ष निर्वाचित भएका हुन् । यस्तै रौतहटका पवनकुमार गुप्ता उपाध्यक्ष, सप्तरीका आयुष श्रेष्ठ सचिव र बाराका सुवास जयसवाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए । ९ सदस्यमा सप्तरीका सतिशकुमार सिंह, सर्लाहीका शत्रुघनप्रसाद साह, रौतहटका प्रमोद साह, महोत्तरीका राजीवकुमार झा र मुकेशकुमार साह, धनुषाका आकाश पाण्डे, सिरहाका विकलकुमार विष्ट, पर्साका यावुजान अन्सारी तथा बाराका अनिल कुमार चौगाई छन् । यसअघि सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशको निर्वाचन सम्पन्न भइसकेको छ । अब लुम्बिनी, कर्णाली र बागमती प्रदेशको निर्वाचन हुन बाँकी छ । क्यानको केन्द्रीय निर्वाचन असोज...