Sunday, April 19News That Matters

Author: हाम्रो सर्लाही

भानुभक्त आचार्य सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर हुन् : प्रधानमन्त्री देउवा

भानुभक्त आचार्य सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर हुन् : प्रधानमन्त्री देउवा

थप समाचार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहेको बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्तका कविताले तत्कालीन नेपाली समाजको यथार्थलाई सरल तरिकाले चित्रण गर्नुका साथै समाजका लागि शिक्षा र सकरात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे । भाषिक एकीकरणका नायक भानुभक्तद्वारा सिर्जित साहित्यिक रचनाले सम्पूर्ण नेपालीलाई एउटै भाषिक सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन योगदान पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले रसिला साहित्यिक रचनाको माध्यमबाट...
वातावरण र हाम्रो सम्बन्ध

वातावरण र हाम्रो सम्बन्ध

सर्लाही बिशेष
पृथ्वीमा रहेका जीव, जनावर , वनस्पति, हावापानी,माटो आदि सम्पुर्ण जैविक र अजैविक वस्तुहरुलाई वातावरण भनिन्छ। वातावरणले मानिसहरुलाइ घेर्दछ र उनिहरलाइ परिस्थिति दिन्छ ।यो प्रकृति, समाज र एक निश्चित स्थान र समय र सस्कृति बाट बनेको हुन्छ। वातावरणलाइ मुख्यतया दुई भागमा विभाजन गरिएको छ एक प्राकृतिक वातावरण र अर्को सास्कृतिक वातावरण । वातावरण मानव जिवनको लागि अपरिहार्य छ । स्वस्थ वातावरणले प्राकृतिक सन्तुलन कायम गर्नुका साथसाथै पृथ्वीमा रहेका सम्पुर्ण जिवित वस्तुहरुको वृद्धि विकासमा महत्वपूर्ण मद्दत पुर्याउँदछ। वातावरण सन्तुलनमा मद्दत पुर्याउने हेतुले सन १९७३ देखि सयुक्त राष्ट्रसंघले हरेक बर्ष ५ जुन मा विश्व वातावरण दिवस मनाउदै आएको छ। नेपालले भन्ने १९७६ देखि यो दिवस मनाउदै आएको छ। वातावरण स्वच्छ भएन भने मानिस वा अन्य जीवजन्तुलाइ समेत बाँच्नका लागि अपठ्यारो हुन्छ। वातावरण स्वच्छ हुँदा मात्र मानि...
हरिवनमा आगाली हुँदा करिव २१ लाख बराबरको क्षति

हरिवनमा आगाली हुँदा करिव २१ लाख बराबरको क्षति

सर्लाही बिशेष
सर्लाही । सर्लाहीको हरिवनमा मंगलवार दिउँसो आगाली हुँदा करिव २१ लाख बराबरको क्षति भएको छ । हरिवन नगरपालिका वडा नम्बर २ पाकरगाछि बस्ने मनहरी मैनालीको २ तल्ले काठको घरमा बिद्युत सर्ट भई आगो लागेको थियो । मध्यान्ह १२ बजे लागेको आगो नेपाल प्रहरी, हरिवन नगरपालिकाको दमकल र स्थानियको सहयोगमा करिव आधा घण्टापछि नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । आगलागीबाट मानविय तथा चौपायाको क्षति नभएपनि घरसहित लत्ताकपडा, भाँडावर्तन, अन्नपात, फर्निचर र नगद २ लाख रुपैँया पनि आगोमा जलेर नष्ट भएको छ । आगलागीबाट २० लाख ९५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।...
जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रमलाई पुरस्कृत गरिने

जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रमलाई पुरस्कृत गरिने

सर्लाही बिशेष
पोखरा । श्रीपति कोइराला गुठी पोखराले यसैबर्ष स्थापना गरेको श्रीपति सामाजिक पत्रकारिता पुरस्कारबाट आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोलालाई सम्मान गरिने भएको छ । यसैगरी गुठीबाट संचालित श्रीपति समाजसेवा पुरस्कार–२०७९ सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानीस्थित पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रमलाई प्रदान गरिने भएको छ । गुठीले ११५ औं श्रीपति जयन्ती अवसरमा सोमबार आयोजित कार्यक्रममा उक्त घोषणा गरेको हो । पुरस्कार घोषणा गर्दै गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले पुरस्कार गुठीको ३० औं वार्षिक साधारणसभामा प्रदान गरिने जानकारी दिए । श्रीपति सामाजिक पत्रकारिता पुरस्कारको राशि २२ हजार २ सय २२ र सम्मानपत्र छ । समाज परिवर्तन, सामाजिक जागरण, समाजिक गतिविधि उजागर गर्ने पत्रकारलाई प्रदान गरिने प्रदेशस्तरीय यो पुरस्कार यसै वर्षदेखि सुरु गरिएको हो । श्रीपति समाजसेवा पुरस्कारको र...
राष्ट्रियसभाबाट एसिड नियमनसम्बन्धी विधेयक पारित

राष्ट्रियसभाबाट एसिड नियमनसम्बन्धी विधेयक पारित

थप समाचार
काठमाडौं । राष्ट्रियसभाको मंगलबारको बैठकले सर्वसहमतिमा ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ पारित गरेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियो्स् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नका जवाफ दिँदै उनले तेजाब तथा घातक रासायनिक पदार्थ औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा अत्यावश्यक रहे पनि यसको दुरुपयोगले समस्या बल्झाएकाले तेजाब तथा घातक रासायनिक पदार्थ नियमन गर्न कानुन ल्याइएको बताए । तेजाब र घातक रासायनिक पदार्थको उत्पादन, आयात, निर्यात, भण्डारण, बिक्री वितरण र उपयोगलाई नियमन तथा व्यवस्थापन गर्न यो विधेयक ल्याइएको जनाउँदै गृहमन्त्री खाणले विधेयक पारित भएसँगै तेजाब तथा घातक पदार्थको दुरुपयोग नियन्त्रण हुने तथा यस्ता पदार्थ दुरुपयोग गर्नेलाई आवश्यक कारबाही हुने बता...