Sunday, April 19News That Matters

Author: हाम्रो सर्लाही

चन्द्रनगर गापा अध्यक्ष महतोको अर्को प्रशंसनिय कार्य : सुरु गरे आयुर्वेद स्वास्थ्य सेवा

चन्द्रनगर गापा अध्यक्ष महतोको अर्को प्रशंसनिय कार्य : सुरु गरे आयुर्वेद स्वास्थ्य सेवा

सर्लाही बिशेष
सर्लाही । सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकाले आज देखि पहिलो पल्ट आयुर्वेद स्वास्थ्य सेवा सुरु गरेको छ । मधेश प्रदेश सरकार, आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा कार्यालयको सहयोग र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा अब देखि नियमित रुपमा प्रदान गर्ने गरी नागरिक आरोग्य सेवा केन्द्र मार्फत चन्द्रनगर गाउँपालिकाका जनतालाई आयुर्वेद स्वास्थ्य सेवाको उद्घाटन गरिएको छ । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले वडा नम्बर ४ पोखरियामा स्थापना गरी उक्त नागरिक आरोग्य सेवा केन्द्रको उदघाटन गरे । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सर्लाही, मलंगवाको प्रमुख डा. नन्द किशोर कुशवाहाको अध्यक्षता र चन्द्रनगर गाउँपालिका अध्यक्ष राज कुमार महतोको प्रमुख आतिथ्यमा आज एक कार्यक्रमको बिच नागरिक आरोग्य सेवा केन्द्रको उदघाटन भएको हो । यस अघि गाउँपालिकामा एलोपेथिक स्वास्थ्य सेवा मात्र उपलब्ध थियो । स...
नेपालमा बनेका लुगामात्रै लगाउने रवि लामिछानेको घोषणा

नेपालमा बनेका लुगामात्रै लगाउने रवि लामिछानेको घोषणा

थप समाचार
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अबदेखि नेपालमा बनेका पोशाकमात्रै लगाउने घोषणा गरेका छन् । झापामा आयोजित पार्टीको जिल्ला भेलामा उनले सो घोषणा गरेका हुन् । लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले भने, ‘परिवर्तन आफैंबाट गर्नुपर्ने रहेछ । हालै मैले चितवनको कार्यक्रममा आफ्नो राजनीतिक जीवनमा नेपालमा बनेका नेपाली फेब्रिक्समात्रै लगाउँछु भनेको थिएँ । मैले अहिले लगाएको पहिरन नेपालमा बनेको हो । म नेपालमा बनेका सामानहरु प्रयोग गर्नेछु ।’ स्वदेशी उत्पादनको प्रवर्द्धनमा आफ्नो पार्टी लागिपर्ने लामिछानेको प्रतिवद्धता थियो । उनले थपे, ‘नेपालमा बनेका लुगा र सामान प्रयोग गर्दा उत्तिकै प्रभावशाली देखिनसक्छु जस्तो लागेको छ । मैले अहिले लगाएको तलदेखि माथिसम्मको पोशाक नेपाली उत्पादन हो । म निरन्तर...
लालबन्दीमा जग्गा नापजाँच कार्य प्रारम्भ, मङ्सिरको पहिलो साताभित्र लालपुर्जा पाईने

लालबन्दीमा जग्गा नापजाँच कार्य प्रारम्भ, मङ्सिरको पहिलो साताभित्र लालपुर्जा पाईने

सर्लाही बिशेष
लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकामा बुधबारबाट भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको जमिन नापजाँच कार्य प्रारम्भ भएको छ । नगरपालिकाको वडा नं. १० चन्द्रपुरबाट जमिन नापजाँच कार्यको औपचारिक रुपमा शुभारम्भ गरिएको हो । पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेश सभा सदस्य बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, राष्ट्रिय भूमि आयोग सर्लाहीका अध्यक्ष चन्द्रप्रकाश वाग्ले, नापी कार्यालय हरिवनका प्रमुख छत्रबहादुर लुङ्गेली, आयोगको लालबन्दी नगरपालिकाको इकाईका प्रमुख उद्धव श्रेष्ठलगायतको उपस्थितिमा जग्गा नापनक्साको काम शुभारम्भ गरिएको हो । नगरको १७ वटै वडामा बसोवास गर्ने भूमिहिन दलित, भूमिहिन सुकुम्वासी, अव्यवस्थित बसोवासीलाई उनीहरुले कमाउँदै आएको जग्गा नापजाँच गरी आगामी मङ्सिरको पहिलो साताभित्र जग्गाधनी प्रमाण पूर्जा उपलब्ध...
वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्छ : प्रचण्ड

वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्छ : प्रचण्ड

थप समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै प्रचण्डले वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टलाई एक बनाउने आफ्नो मिसन भएको बताए । ‘नेपालमा अलि वैज्ञानिक विचार राख्ने भन्या कम्युनिस्टहरु नै हुन । विज्ञानलाई दर्शनको रुपमा दर्शनलाई विज्ञानको रुपमा आत्म साथ गरेको पाईन्छ । त्यसकारण सबै कम्युनिस्टहरुलाई एक ठाउँमा जम्मा गरेपछि धेरै राम्रो हुन्छ होला भन्ठानेर निक्कै ठूलो जोखिम उठाएर आफूले त्याग गरेर कम्युनिस्ट एकता गराएकै हो’ प्रचण्डले भने, ‘त्यहाँ के के भयो त्यो छदैछ । अझैपनि वैज्ञानिक सोच राख्ने इमान्दार कम्युनिस्टहरु एक ठाउँमा आउनै पर्छ । त्यो मिसन हाम्रो हो । त्यसको हिजोपनि प्रस्तावक मै थिए भाेलि पनि म प्रस्तावक हुन्छु भन्ने लाग...
‘प्रचण्ड’ आकस्मिक रुपमा भारत भ्रमणमा जादैं

‘प्रचण्ड’ आकस्मिक रुपमा भारत भ्रमणमा जादैं

थप समाचार
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आकस्मिक रुपमा भारत भ्रमणमा जाने भएका छन् । माओवादीका एक शीर्ष नेताका अनुसार अध्यक्ष प्रचण्ड सम्भवत शुक्रबार नै दिल्ली जाँदैछन् । भारतमा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने काठमाडौंस्थित भारतीय दुतावास स्रोतले जनाएको छ । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डको भेटवार्ताको चाजोपाँजो मिलाइँदैछ । यस भ्रमण बारे दुवै पक्षले औपचारिक जानकारी गराएका छैनन् । प्रचण्डको भारत भ्रमण अगाडि नै प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा पनि दिल्लीमा नै छन् । उनका छोरा जयविर देउवा पनि दिल्ली भ्रमणमा छन् ।...
आज मिति २०७९ असार ३० गते बिहीबारको, हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असार ३० गते बिहीबारको, हेर्नुहोस् आजको राशिफल

Uncategorized
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । भौतिक शुःख साधन प्राप्त हुने योग रहेकोछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भोगबिलासीताका साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । वाणिमा मधुरता छाउनेछ । बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्क्षा गर्नु पर्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाम्पत्य सम्बन्ध बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा) खुशिको खवरको श्रवणले मन प्रशन्न रहला । स्तान्तरण को योग रहको छ । पारीवारीक सम्बन्ध सुमधुर रहनेछ । ब्यापार ब्यबसायका निम्ती समय उत्तम रहेको छ । ...
बागमती नदीमा डल्फिन भेटियो

बागमती नदीमा डल्फिन भेटियो

थप समाचार
राैतहट । माछा मार्ने क्रममा बाग्मती नदीको रौतहट खण्डमा डल्फिन भेटिएको छ । पिपरा भलोहिया गाउँका राजकुमार सहनी मल्लाहले माछा मार्ने क्रममा  पिपरा घाटमा गत मंगलबार डल्फिन भेटाएका हुन् ।  ‘माछा मार्न बाग्मतीमा जाल हान्न गएको थिएँ तर अनौठो खालको माछा जालमा पर्‍यो,’ सहनीले भने, ‘जालमा परेको माछा लिएर पिपरा बजारमा ल्याएपछि हेर्नेको घुँईचो लाग्यो ।’ करिब १२ केजीको उक्त माछालाई स्थानीय जनप्रतिनिधिले डल्फिन भएको बताएपछि आश्चर्यमा परेको उनले बताए । दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भू सिंहले बडहर्वा जाने क्रममा गत सोमबार नै बाग्मती नदीमा डल्फिन जस्तो माछाको एउटा ठूलो समूह नदीमा उफ्रिरहेको देखेको बताए।   उता, माछा विशेषज्ञ राधेश्याम झाले पनि सहनीले जालमा पारेको माछा डल्फिन नै भएको बताए । ‘अब पिपरा घाटलाई  व्यवस्थित गरेर डल्फिन संरक्षणमा लाग्नु पर्छ, डल्फिनका बारेमा जनता...
श्रीलंकामा संकटकाल घोषणा

श्रीलंकामा संकटकाल घोषणा

थप समाचार
काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेका हुन् । राष्ट्रपतिले आज (बुधबार) राजीनामा दिने बताएका थिए । देश आर्थिक संकटमा फसेपछि नागिरकले राष्ट्रपति र प्रधानमन्त्री दुबैको राजीनामा मागेर प्रदर्शन गरिरहेका छन् ।...
(एसईई)को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने

(एसईई)को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने

थप समाचार
काठमाडौं । माध्यामिक तहको (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले भने, ‘असार मसान्तभित्र गर्ने भनेर तयारी थालेका थियौं । तर, उत्तरपुस्तिका संकलनमा ढिला भएकाले नतिजा सार्वजनिक गर्न पनि ढिला हुने भयो । सम्भवत साउन पहिलो हप्ताभित्र सार्वजनिक गर्छौं ।’ राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष विद्यार्थीहरुको प्राप्ताङ्क प्रदेशले नै अपडेट गर्ने बताउँदै आएको थियो । तर, प्रदेशले अपडेट गर्ने सफ्टवेयर जडान भइनसकेकाले यो पटक केन्द्रबाटै सबै नतिजा सार्वजनिक हुने परीक्षा नियन्त्रण कार्या...
नेपाली एनआराएनएको  टोलिसँग केपि ओलिको भेट्बार्ता

नेपाली एनआराएनएको टोलिसँग केपि ओलिको भेट्बार्ता

थप समाचार
काठमाडौ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई राजनीतिक बाहेक पूर्ण अधिकार दिनुपर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा बद्री केसी र कार्यकारी अध्यक्ष कुल आचार्यसहितको टोलीले मंगलबार ओलीलाई भेटेको हो । भेटमा ओलीले गैरआवासीय नेपालीलाई नागरिकता दिन एमाले निकै सकरात्मक रहेको बताए । ओलीले गैरआवासीय नेपालीलाई ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मान्यता अनुरुप नागरिकताको निरन्तरता हुनुपर्ने बताए । उनले गैरआवासीय नेपालीलाई दिइने नागरिकतामा राजनीतिक अधिकार बाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने बताए । ओलीले संविधानको भावना अनुरुप आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नागरिकता गैरआवासीय नेपालीलाई प्रदान गर्न उचित हुने बताए । उनले नेपालको राजनीतिमा आउन चाहनेहरुले विदेशी नागरिकता त्याग गरेर आउन सक्ने सुझाव पनि दिए । भेटमा स...