Sunday, April 19News That Matters

Author: हाम्रो सर्लाही

आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन : यसरी मनाइदैछ

आज साउने संक्रान्ति अर्थात् लुतो फाल्ने दिन : यसरी मनाइदैछ

सर्लाही बिशेष
प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउछन् । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीक...
आज मिति २०७९ साउन १ गते    आइतवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ साउन १ गते आइतवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रयत्न गर्दा विभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कूल कलेज, बैंक तथा वित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा विशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुको उपयोग मार्फत् मनग्ने धन संग्रह गर्न सकिनेछ। बृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलब्धि मूलक नतिजा नआए पनि आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मन...
मलंगवामा रक्तदान कार्यक्रम सम्पन्न

मलंगवामा रक्तदान कार्यक्रम सम्पन्न

सर्लाही बिशेष
धिराेज कुमार यादव / मलंगवा - सर्लाहीको सदरमुकाम मलंगवामा आज शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मिथिला डेन्टल क्लिनिक मलंगवाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि मलंगवा शाखाको सहयोगमा भएको रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन । एक जना महिला, ३ जना नेपाल प्रहरीका जवान र अन्य गरि ११ जनाले रक्तदान कार्यक्रममा रगतदान गरेका मिथिला डेन्टलका चिकित्सक अमृता यादवले जानकारी दिनुभयो । जिल्ला समन्वय समितीका सभापति कौशल सिंहको उपस्थितीमा भएको कार्यक्रममा उपसभापति जितेन्द्र कुशवाह, नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा सर्लाहीका सभापति नागेन्द्र प्रसाद चौधरि र मलंगवा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मुकेश जैशवालको सहभागीता रहेको थियो ।...
आज मिति २०७९ असार ३२ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असार ३२ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : चु, चे, चो, ला, लि, लु, ले, लो,बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्याक्तित्त्वहरु सामु तपार्ईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ। वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बोराजनीति तथा समाज सेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईंको कमजोर उपस्थितिको फाइदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाढिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । माया प्रेमम...
पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु

पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु

थप समाचार
जुम्ला । जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ।  गएराति करिब साढे २ वजे आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर पावर हाउसका अपरेटर गोरकबहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु भएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए।  मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन्।  शाहीका अनुसार एक्कासी घर भासिएको थियो। उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए।...
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदै

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदै

सर्लाही बिशेष
सर्लाही । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड आज भारत भ्रमण जाँदै छन् । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा प्रचण्ड आज दिउँसो १ बजे तीन दिने भ्रमणका लागि नयाँ दिल्ली जानका लागेका हुन् । माओवादी अध्यक्ष प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने छ। भाजपा अध्यक्ष जेपी नड्डासंग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ। तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेट तय गरिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अहिले निश्चित नभएको जानकारी दिइएको छ।...
श्रोत नखुलेको पाँच लखा रुपैयाँसहित एक भारतीय पक्राउ

श्रोत नखुलेको पाँच लखा रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही बिशेष
सर्लाही । सर्लाहीबाट श्रोत नखुलेको पाँच लखा रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको कन्हौली निवासी ३० वर्षीय विजय ठाकुर छन् । बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका ठाकुरलाई मलंगवा नगरपालिका ८ बाट पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार ठाकुरले लगाएको हेलमेटको भित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली ५ लाख ११ हजार ५ सय र भारु ५ हजार बरामद भएको छ । बरामद भएको रकमसहित पक्राउ परेका ठाकुरको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।...
जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन प्र.सोनार  द्वारा उपेन्द्र यादव सम्मानित

जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन प्र.सोनार द्वारा उपेन्द्र यादव सम्मानित

सर्लाही बिशेष
पर्सा । जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवलाई एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन प्र.सोनार(अजय सरार्फ) ज्युले पर्सा क्षेत्र न:-१ का निर्वाचित मन्त्री प्रदिप यादवलाई नेपाल सरकारको वातावरण तथा वनमन्त्री बनाउनमा अहम भुमिका निर्वाह गरी सिफारिस गरिदिएकोमा १ के.जी.चान्दीको छाता बनाई उपहारस्वरुप प्रदानगरि सम्मान गरेका गरेका छन्। जिल्ला समन्वय समितिका अध्यक्ष अजय सरार्फले पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव मधेसको रियल हिरो रहेकामा कुनै दुईमत छैन भने दाबी समेत गरेका छन्।पर्सा जिल्लाका नेता तथा कार्यकर्ताहरुमा अध्यक्ष उपेन्द्र यादव प्रती निकै सहानुभूति र उनले पर्साका जनतालाई प्रदिप यादव जस्ता नेतालाई मन्त्री बनाएर सेवाको मौका प्रदान गर्नुभएकोमा उनको त्यो योगदान पर्सावासीले कहिले नबिर्सिने गुण लगाएका छ्न। भने आफ्नो धारणा सभापति अजय सरार्फले ...
आज मिति २०७९ असार ३१ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ असार ३१ गते शुक्रवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। काममा दोहोर्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। वृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। शुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला। काम देखाएर फाइदा उठाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। मिथुन : (का,की,कू,घ,ङ,छ,के,को,हा)अस्वस्थताले केही कमजोरीको अनुभूति हुनेछ। का...
नवलपुरबाट लागू औषधसहित वरिष्ठ हवल्दार सिंह पक्राउ।

नवलपुरबाट लागू औषधसहित वरिष्ठ हवल्दार सिंह पक्राउ।

सर्लाही बिशेष
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरबाट ठूलो मात्रामा लागूऔषधसहित एक जना प्रहरी हवल्दार पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सुवोध कुमार सिंह ठूलो मात्रामा लागूऔषध सहित पक्राउ परेका हुन् । उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको ५ सय ९९ बोतल लागूऔषध सहित प्रहरी बरिष्ठ हबल्दार सिंह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए । उनका अनुसार लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उखुबारीभित्र लुकाएर राखिएको लागूऔषधसहित प्रहरी बरिष्ठ हबल्दार सिंहलाई पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानमा सिंहले सुरुमा बोराभित्र रहेको सो लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलेले धेरै दिन भएपछि आफूले राखेको बोरा लैजान दबाब दिएपछि उखुबारीमा लगेर लुकाएको खुल्न आएको प्रहरी उपरिक्षक पोख...