Sunday, April 19News That Matters

Author: हाम्रो सर्लाही

माओवादी अध्यक्ष दाहाल र बाबुरामबीच भेटवार्ता

माओवादी अध्यक्ष दाहाल र बाबुरामबीच भेटवार्ता

थप समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच सिंहदरबारमा भेटवार्ता भएको छ । आज माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्र निर्माणका लागि बृहत् छलफल गर्नेबारे कुराकानी भएको हो । छलफलमा एकीकृत समाजवादीका नेताहरूको पनि सहभागिता रहेको बताइएको छ । दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि आजै छलफलको तयारी छ । चुनावी तालमेल, जसपा नेपालबाट अलग भएका बाबुरामसँग सहकार्य लगायतका विषयमा भेटमा छलफल हुने बताइएको छ ।...
सर्लाही ट्राफिक प्रहरीले १ बर्षमा उठायो २ करोड बढि राजस्व

सर्लाही ट्राफिक प्रहरीले १ बर्षमा उठायो २ करोड बढि राजस्व

सर्लाही बिशेष
सर्लाही । आर्थीक बर्ष २०७८/७९ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले २ करोड बढि राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका २५ हजार १६८ वटा सवारी साधनलाई कारवाहि गर्दा बर्षभरिमा २ करोड १६ लाख ३४ हजार पाँचसय रुपैँया राजस्व रकम संकलन भएको हो । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक ईश्वर कार्किका अनुसार सबैभन्दा बढि कारवाहिमा पर्ने सवारीमा ट्रक पहिलो नम्बरमा रहेको छ । ८ हजार ६२४ वटा ट्रक कारवाहिमा पर्दा सबैभन्दा बढि १ करोड ४३ हजार राजस्व संकलन भएको छ । ३२४ वटा यात्रुबस कारवाहिमा पर्दा २५ हजार ५००, ७ हजार २६८ वटा कार, जिप र भ्यान कारवाहिमा पर्दा ५३ लाख ८ हजार ५०० राजस्व संकलन भएको छ । त्यसैगरि ९३३ वटा ट्रयाक्टर कारवाहिमा पर्दा ६ लाख ४४ हजार ५००, ७ हजार ७०४ वटा मोटरसाईकल कारवाहिमा पर्दा ५१ लाख ९० हजार ५०० र ३१५ वटा टेम्पोसहित अन्य सवारी कारवाहिमा पर्दा १ लाख ९३ हजार र...
पाठ्यपुस्तक बिनै पहिलो त्रैमासिक परीक्षा सञ्चालन

पाठ्यपुस्तक बिनै पहिलो त्रैमासिक परीक्षा सञ्चालन

सर्लाही बिशेष
सर्लाही । नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना भइसक्दासमेत सर्लाहीमा अधिकांश विद्यार्थीले अझै पाठ्यपुस्तक पाउन सकेका छैनन् । विद्यार्थीहरू पाठ्यपुस्तक बिनै अध्ययन गरिरहेका छन् । कतिपय विद्यार्थीले पुरानो पुस्तक जुटाएर पढिरहेका छन् । पहिलो त्रैमासिक परीक्षा सञ्चालन भइहेको छ । तर, अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीहरूको हातमा पाठ्यपुस्तक पुगेको छैन । जिल्लाका शिक्षक भने पाठ्यपुस्तक नै देख्न नपाई विद्यार्थीसँग कसरी परीक्षा लिने ? भन्दै प्रश्न गर्छन् । कतिपय सामुदायक विद्यालय निजी विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तकको प्रयोग गरेर विद्यार्थीहरूलाई पढाइ रहेका छन् भने निजी विद्यालयमा समेत पूरै पाठ्यपुस्तक विद्यालयसम्म आइनपुगेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालका वरिष्ठ जिल्ला उपाध्यक्ष पूर्ण बम्जनले जानकारी दिनुभयो । यस वर्ष धेरै विद्यालयले पुरानै प्रकाशकको किताब प्रयोग ग...
आजदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

आजदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

थप समाचार
सर्लाही । आजदेखि पाँच देखि १२ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । खोप यही साउन आठ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिइने छ । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ । झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई दोस्रो मात्राको खोप दिन लागिएको हो ।...
देशलाई संकटबाट बचाउन वामपन्थीबीच एकता गरौं-नारायणकाजी

देशलाई संकटबाट बचाउन वामपन्थीबीच एकता गरौं-नारायणकाजी

थप समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजीले देशलाई संकटबाट बचाउन वामपन्थीबीच एकता गर्नुपर्ने बताएका छन् । काठमाडौंमा शनिवार आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषय विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता श्रेष्ठले वामपन्थी शक्तिहरूबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर र सकटमा परेको भन्दै देशलाई वचाउन वामपन्थीबीच तालमेल गर्नुपर्ने बताएका हुन् । ‘वामपन्थी शक्तिहरु दुई तिहाइमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ नेता श्रेष्ठले भने, ‘तर यस्तो प्रवृत्तिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, वामपन्थी शक्तिहरु एक हुनुपर्छ, वामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ ।’ नेता श्रेष्ठले घटनाक्रमहरुको गम्भीर आत्मसमिक्षा गरेर अगाडि बढ्नुपर्ने भन्दै नेता श्रे...
आज मिति २०७९ साउन २ गते    सोमवारको , हेर्नुहोस् आजको राशिफल

आज मिति २०७९ साउन २ गते सोमवारको , हेर्नुहोस् आजको राशिफल

सर्लाही बिशेष
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रयत्न गर्दा विभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कूल कलेज, बैंक तथा वित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा विशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पत्ति तथा विलासी वस्तुको उपयोग मार्फत् मनग्ने धन संग्रह गर्न सकिनेछ। बृष : (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलब्धि मूलक नतिजा नआए पनि आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाढिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मन...
नाढीमन तालको विकास र संरक्षणको लागी चन्द्रनगर गाउँपालिकाले गर्न थाले चरणवद्ध संवाद

नाढीमन तालको विकास र संरक्षणको लागी चन्द्रनगर गाउँपालिकाले गर्न थाले चरणवद्ध संवाद

सर्लाही बिशेष
चन्द्रनगर । चन्द्रनगर गाउँपालिकाले नाढीमन ताललाई मौलिक, प्राकृतिक, सुन्दर, व्यवस्थित र पर्यटकीय बनाउन सर्वपक्षीय रुपमा सल्लाह सुझाव लिन चरणवद्ध रुपमा संवाद शुरु गरेका छन् । सर्वपक्षीय रुपमा लिएका सल्लाह सुझाव तथा जनताका विच जाहेर गरेका प्रतिवद्धता तथा सवै विकास र जनजिविका सवालहरुलाई यथोचित विकास गदै चन्द्रनगर गाउँपालिकालाई समृद्धि र सम्मुनत रुपमा रुपान्तरण गरि सुविधा युक्त पर्यटकिय गाउँपालिकाको रुपमा विकास गर्न प्रतिवद्धता सहित चरणवद्ध रुपमा संवाद शुरु गरिएको गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले जनाए । चन्द्रनगर गाउँपालिकाले शुरु गरेका चरणवद्ध संवाद कार्यक्रममा सहभागी सर्वपक्षीय व्यक्तिहरुले सुझाव दिदै सम्बन्धित विषयको विज्ञ समेतको भेला गराई गुरु योजना निमार्ण गरी सौन्दर्यकरण तथा पुर्वाधार निर्माण गरी यस क्षेत्रको पर्यटकीय स्थलको रुपमा विकास गर्न उच्च प्राथमिकतामा राखी हाम्रो गाउँपा...
आफ्नै छोराले नाकको डाडीमा हानेर आमाको गरे हत्या

आफ्नै छोराले नाकको डाडीमा हानेर आमाको गरे हत्या

थप समाचार
अर्घाखाँची । अर्घाखाँचीमा आफ्नै छोराको लाठी प्रहारबाट घाइते भएकी आमाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४ का २६ वर्षिय हेमन्त कार्कीले असार ६ गते आफ्नै आमा ५२ वर्षिया कमला कार्कीलाई घरासी विवाद हुँदा लाठी प्रहार गर्दा नाक डाडीको बीच भागमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा गएराति काठमाडौंको टिचिङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिए । हेमन्तलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको छ । आजै अदालतमा पेश गरि म्याद थपगरि अनुसन्धान गरिने प्रहरी निरिक्षक रेग्मीले जानकारी दिए ।...
माओवादी अध्यक्ष प्रचण्ड आज भाजपा अध्यक्ष भेट्दै 

माओवादी अध्यक्ष प्रचण्ड आज भाजपा अध्यक्ष भेट्दै 

थप समाचार
सर्लाही । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाडडासँग भेटवार्ता गर्नेछन् । भाजपा अध्यक्ष नाडडाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले सो अवसरमा भाजपा मुख्यालयको अवलोकनसमेत गर्नेछन् । गत शुक्रबार दिल्ली पुगेका प्रचण्डले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका थिए भने शनिबार विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए । प्रचण्ड आजै स्वदेश फर्कने पूर्वनिर्धारित कार्यक्रम छ ।...
भारतीय सवारीले ठक्कर दिँदा एकको मृत्यु

भारतीय सवारीले ठक्कर दिँदा एकको मृत्यु

थप समाचार
धनुषा । भारतीय सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति ९ बजे ढल्केवर-जनकपुर सडकखण्ड अन्तर्गत बसही पुल नजिक भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । भारतीय सवारीले ठक्कर दिएपछि घाइते भएका मिथिला नगरपालिका-१ ढल्केवरका ३६ वर्षीय शिवलाल यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिएनुभयो । उनका अनुसार जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको ज९प ९४३५ नम्बरको मोटरसाईललाई बिआर ०१ जेए ९७७० नम्बरको भारतीय कारले ठक्कर दिएको थियो ।...