खेलकुद

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

ल्याण्डमार्कले दियाे खेलाडीहरुलाई जर्सि

Breaking news 2, खेलकुद, ट्रेन्डिङ
लालबन्दी ।  ल्याण्डमार्क ईन्टरप्राईजेज लालबन्दीले अखिल नेपाल फुटबल संघ(एन्फा) सर्लाहीलाई फुटबल जर्सी प्रदान गरेकाे छ । ल्याण्डमार्कका सञ्चालक टीका खत्रीसहित व्यवस्थापक सन्ताेष पाैडेेल संघका उपाध्यक्ष विभुसिंह थापा, महासचिव शिवहरि गाैतम र प्रशिक्षक बेनीबहादुर कटुवाल(श्याम) लाई  एक सेट(१८ पिस) जर्सी प्रदान गर्नु भएकाे हाे । खेलकाे विकास एवम् खेलाडीहरुकाे हाैसला बढाउने उदेश्यले ल्याण्डमार्ककाे तर्फबाट जर्सी सहयाेग गरेकाे ल्याण्डमार्कका व्यवस्थापक पाैडेलले बताउनु भयाे । खेलकाे विकासमा समाजका सबै वर्गकाे सहयाेग अावश्यक हुने भन्दै एन्फा सर्लाहीले ल्याण्डमार्क ईन्टरप्राईजेज र यसका सञ्चालकलाई धन्यवाद दिएकाे छ । जर्सि प्रदान कार्यक्रममा कराते प्रशिक्षक शक्ति साहसहित महिला फुटबल खेलाडीहरुकाे समेत उपस्थिति रहेकाे थियाे । यसैबिच िसरहाकाे बन्दीपुरमा मैत्री फुटबल खेल्न सर्लाही ११ ...
भूटानसँग हारबाट जोगियो नेपाल, लाओससँग फाइनल खेल्ने

भूटानसँग हारबाट जोगियो नेपाल, लाओससँग फाइनल खेल्ने

Breaking news 3, खेलकुद
काठमाण्डाै | नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा भएको लिग चरणको खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । पहिलो हाफमा १–० गोलले पछि रहेको अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल १–१ को बराबरीमा ल्याएको हो । नेपालका लागि दीपकराजसिंह ठकुरीले खेलको अन्तिम समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाए । भुटानका लागि खेलको १९ औँ मिनेटमा तेन्जिन नोर्बुले गोल गरे । योसँगै नेपालले भुटानसँगको खेलमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि भएका सबै १२ खेल नेपालले जितेको थियो । अब नेपालले फाइनलमा आउँदो शुक्रवार लाओससँग खेल्नेछ । नेपाल ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा र लाओस ३ अङ्कसहित दोस्रो भयो । १ अङ्क जोडेको भुटान समूह चरणबाट बाहिरियो । प्रतियोगिताको वि...
<strong>लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु</strong>

लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु

खेलकुद, ट्रेन्डिङ, सर्लाही बिशेष
सर्लाही । सर्लाहीको लालबन्दीमा चौथो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु भएको छ । सोमबार दिउँसो एक औपचारिक कार्यक्रममार्फत प्रतियोगीताको उद्घाटन गरिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुरस्थित फुटबल मैदानमा संचालन हुने कार्यक्रमको नगरप्रमुख बासुदेव अधिकारीको अध्यक्षतामा प्रतिनिधिसभा सांसद रामप्रकाश चौधरीले उद्घाटन गर्नुभयो । कार्यक्रममा वडाध्यक्ष हरि बहादुर भट्टराईसहित नगर उपप्रमुख कल्पनामाया पाख्रिन, शिक्षा शाखा प्रमुख लक्ष्मी सिवाकोटि, अन्य वडाका वडाध्यक्षहरु, स्थानिय, शिक्षक, बिद्यार्थी लगाएतको उल्लेख्य उपस्थिती रहेको थियो । नवलपुरको श्री जनता माबिको ब्यवस्थापनमा प्रतियोगीता सम्पन्न हुने शिक्षक बिनोद पौडेलले बताउनुभयो । ...
नेपाल टी–२० लिग फेरि सर्‍याे, शनिवारदेखि सुरु हुने

नेपाल टी–२० लिग फेरि सर्‍याे, शनिवारदेखि सुरु हुने

Breaking news 2, खेलकुद
नेपाल क्रिकेट सङ्घ (क्यान) ले गर्ने नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता फेरि सरेको छ । यसअघि दुई पटकसम्म सरेको लिग आज शुक्रवारदेखि सुरु गर्ने तयारी थियो । तर श्रम स्वीकृतिका कारण केही विदेशी खेलाडी अझै आउन नसकेको र अन्य तयारी पूरा नभएको भन्दै प्रतियोगिता सरेको क्यानले जनाएको छ । अब शनिवारदेखि प्रतियाेगिता सुरु हुने क्यानले जनाएकाे छ । केही विदेशी खेलाडी भने नेपाल आइसकेका छन् । प्रतियोगिताका लागि क्यानले सेभेन थ्री स्पोर्ट्स कम्पनीसँग सम्झौता गरेको थियो । क्यानले आठ वर्षका लागि नेपाल प्रिमियर लिगको आयोजना अधिकार सेभेन थ्री स्पोर्टस् कम्पनीलाई दिएर ३३ करोड रुपैयाँ लिने सम्झौता गरेको थियो । प्रतियोगितामा काठमाण्डाै नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गरी छ टिमले खेल्नेछन् । क्यानले घोषणा गरेको पहिलो ...
स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा

स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा

खेलकुद
काठमाण्डौ | उपाधि दाबेदार स्पेनलाई पेनाल्टी शुट आउटमा हराउँदै मोरक्को विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ। कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा मोरक्कोले स्पेनलाई पेनाल्टी शुट आउटमा तीन-शून्यले हरायो । निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । पेनाल्टी शुट आउटमा स्पेनका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । सन् २०१० को विजेता स्पेनलाई हराउँदै मोरक्को पहिलो पटक क्वाटर फाइनलमा पुगेको हो । अब मोरक्कोले क्वाटर फाइनलमा पोर्चुगलसँग खेल्नेछ।  ...
पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा, स्विट्जरल्यान्ड ६-१ ले पराजित

पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा, स्विट्जरल्यान्ड ६-१ ले पराजित

Breaking news 3, खेलकुद
काठमाण्डौ | पोर्चुगल विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । लुसेल स्टेडियममा भएको खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६-१ को फराकिलो अन्तरले हरायो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिएका उनले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे । जारी विश्व कपमा यो पहिलो ह्याट्रिक हो । यस्तै राफाएल गुरेरो, राफाएल लिआअ‍ो र पेपेले एक-एल गोल थपे । स्विट्जरल्यान्डका लागि म्यानुल अकान्जीले एक गोल गरे । अब पोर्चुगलले क्वाटर फाइनलमा मोरक्कोसँग खेल्नेछ। ...
राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त

Breaking news 2, खेलकुद
नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ । ब्याट्सम्यान रोहित यस अघि नेपालको उपकप्तान रहेका थिए । नाबालिगलाई बलात्कारको आरोप लागेपछि क्यानले नियमित कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको थियो । बलात्कारको आरोपमा सन्दीप पुर्पक्षका लागि कारागार चलान भएका छन् । नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ । पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ । यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा रोहित कुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो शुक्रबार रोहितलाई कप्तान नियुक्त गरिएको जनाएको छ । ...
१५ औं गोदावरी पुष्प प्रदर्शनी २०७९ भाेलिदेखि ललितपुरको जावलाखेलमा हुँदै

१५ औं गोदावरी पुष्प प्रदर्शनी २०७९ भाेलिदेखि ललितपुरको जावलाखेलमा हुँदै

Breaking news 2, खेलकुद, ट्रेन्डिङ
निराज रानाभाट , ललितपुर : विगत १५ वर्षदेखि हुँदै आएको ‘ गोदावरी फूल ’ को प्रतियोगितात्मक प्रदर्शनी कार्तिक ०३ गते , बिहीबार ( भाेलि ) देखि कार्तिक ०६ गतेसम्म हुने भएको छ । ललितपुर जिल्लाको जावलाखेलस्थित खेल मैदानमा हुने प्रदर्शनीको तयारी पूरा भएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ । ‘ रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि ’ भन्ने मुल नाराका साथ हुने प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरि जम्मा ५५ वटा प्रदर्शनी कक्षहरु रहने मेला संयोजक सिताराम पन्तले जन्कारी दिए । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरुमा १० मिनियचर , २० स्पाईडर , ३० रिफ्लेक्स , ४० ईन्कर्भ र ५० गोदावरीको कट फ्लावर प्रजाती छन् । मेलामा सहभागी भएका नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने जनाइएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको अयोजना र पु...
सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार, स्थानीय
मनिआर मोक्तान, मकवानपुर | सुनाचुरी चौकिटोल फुटबल समुहको आयोजनामा असोज दोश्रो साता मनहरी गाउँपालिका वडा नम्बर ६ मा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक सुनाचुरीले शुक्रबार सुनाचुरीमा पत्रकार सम्मेलन गरी पहिलो संस्करणका ३० बर्ष भन्दा माथीको खसिकप फुटबल प्रतियोगिता असोज १० गतेबाट हुने जानकारी गराएको छ । सुनाचुरी स्थित जोगिताल खेल मैदानमा आयोजना हुने प्रतियोगितामा मनहरी गाउँपालिकाको वडा नम्बर ६ र ७ को टोलीले सहभागिता जनाउने प्रतियोगिताको संयोजक केदार योन्जनले जानकारी दिनुभयो । नक आउटको आधारमा सञ्चालन हुने प्रतियोगितालाई विभिन्न सङ्घसस्था र ब्यक्तिहरुले सहयोग गरिने आयोजकले जनाएके छ । स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग गर्ने संयोजक योन्जनले बताउनुभएको छ । मनहरी गाउपालिकाको वडा नम्बर ६ र ७ बाट सहभागि जनाउने प्रतियोग...
सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार, स्थानीय
सुनाचुरी चौकिटोल फुटबल समुहको आयोजनामा असोज दोश्रो साता मनहरी गाउँपालिका वडा नम्बर छ मा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक सुनाचुरीले शुक्रबार सुनाचुरीमा पत्रकार सम्मेलन गरी पहिलो संस्करणका ३० बर्ष भन्दा माथीको खसिकप फुटबल प्रतियोगिता असोज १० गतेबाट हुने जानकारी गराएको छ । सुनाचुरी स्थित जोगिताल खेल मैदानमा आयोजना हुने प्रतियोगितामा मनहरी गाउँपालिकाको वडा नम्बर ६ र ७ को टोलीले सहभागिता जनाउने प्रतियोगिताको संयोजक केदार योन्जनले जानकारी दिनुभयो । नक आउटको आधारमा सञ्चालन हुने प्रतियोगितालाई विभिन्न सङ्घसस्था र ब्यक्तिहरुले सहयोग गरिने आयोजकले जनाएके छ । स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग गर्ने संयोजक योन्जनले बताउनुभएको छ । मनहरी गाउपालिकाको वडा नम्बर ६ र ७ बाट सहभागि जनाउने प्रतियोगिताको विजेताले करिब २२५०० ...