सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

मनिआर मोक्तान, मकवानपुर | सुनाचुरी चौकिटोल फुटबल समुहको आयोजनामा असोज दोश्रो साता मनहरी गाउँपालिका वडा नम्बर ६ मा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक सुनाचुरीले शुक्रबार सुनाचुरीमा पत्रकार सम्मेलन गरी पहिलो संस्करणका ३० बर्ष भन्दा माथीको खसिकप फुटबल प्रतियोगिता असोज १० गतेबाट हुने जानकारी गराएको छ ।

सुनाचुरी स्थित जोगिताल खेल मैदानमा आयोजना हुने प्रतियोगितामा मनहरी गाउँपालिकाको वडा नम्बर ६ र ७ को टोलीले सहभागिता जनाउने प्रतियोगिताको संयोजक केदार योन्जनले जानकारी दिनुभयो ।

नक आउटको आधारमा सञ्चालन हुने प्रतियोगितालाई विभिन्न सङ्घसस्था र ब्यक्तिहरुले सहयोग गरिने आयोजकले जनाएके छ । स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग गर्ने संयोजक योन्जनले बताउनुभएको छ ।

मनहरी गाउपालिकाको वडा नम्बर ६ र ७ बाट सहभागि जनाउने प्रतियोगिताको विजेताले करिब २२५०० रुपैयाको खसी सहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। भने दोस्रो हुने टोलीले कुखुरा सहित सिल्ड मेडल प्रमाणपत्र पाउने छ ।

सुनाचुरी चौकिटोलले विजयदशमी सुभदिपावली एबम छट्पर्वको अवसरमा पहिलो सस्करणको प्रतियोगिताको आयोजना गर्न लागेको हो ।