Author: admin

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभाको समापन आज हुँदै

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहरीको २४ औँ साधारण सभाको समापन आज हुँदै

Breaking news 1, अर्थ, समाचार
निराज रानाभाट , मकवानपुर : साना किसान कृषि सहकारी लिमिटेड मनहरीको ` २४ औँ साधारण सभा ´ को समापन असाेज ३० गते , आइतबार ( अाज ) हुँदै छ । २५ सय शेयर सदस्यहरु रहेको सहकारीले वडागतरुपमा साधारण सभा राख्दै आएको थियो । सोही अनुरुप असाेज २७ गते , अन्तर समुह नम्बर १ , २ र ५ ( लाेथर , सुनाचुरी र प्रतापुर ) काे मनहरी गाउँपालिका - ०६ , गुम्बा भवन ( चौकी टाेल ) , सुनाचुरीमा भएको थियो । त्यसैगरी , अन्तर समुह नम्बर ३.१ , ३.२ र ६ ( रमौली , विजौना र मनहरी बजार ) काे मनहरी गाउँपालिका - ०७ , मनकामना मन्दिर , मनहरीमा भएको थियो । त्यस्तै , अन्तर समुह नम्बर ७.१ , ७.२ , ७.३ र ८ ( ज्यामिरे र रजैया ) काे मनहरी गाउँपालिका - ०९ , ऋाषेश्वर प्राथमिक विद्यालय , ज्यामिरेमा भएको थियो । शेयर सदस्यहरुको संख्या धेरै भएको कारण पनि वडागतरुपमा साधारण सभा राखिएको संस्थाका प्रबन्धक ज्योति सुवेदीले बताए । एकै ठाउँमा एकै...
सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

सत्यमोहन जोशीको स्वास्थ्य स्थिर

Breaking news 3, ट्रेन्डिङ, समाचार
२९ असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा खासै सुधार नभएको र स्थिर रहेको अस्पतालले जनाएको छ । १०३ वर्षका उनको २३ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उमेर धेरै भएका उनमा एकै पटकमा धेरै प्रकारका स्वास्थ्य समस्या देखिएको छ । निमोनिया र पिसाबको संक्रमण, मुटुरोगसँगै पछिल्लो समय उनमा डेंगु संक्रमण देखिएको थियो । जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिनुपरेको अस्पतालले जनाएको छ । जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ । ...
सव डिभिजन वन कार्यालय भीमफेदीले गर्यो बजार एरिया सरसफाइ

सव डिभिजन वन कार्यालय भीमफेदीले गर्यो बजार एरिया सरसफाइ

Breaking news 2, ट्रेन्डिङ, स्थानीय
भीमफेदी । डिभिजन वन कार्यालय मकवानपुर अन्तरगत सव बन डिभिजन कार्यालय भीमफेदीको आयोजनामा भीमफेदी बजार एरियामा आज सरसफाई सम्पन्न गरेको छ । भीमफेदी गाउँपालिका वडा नं. ६  अध्यक्ष सोम बहादुर घलानको प्रमुख अतिथि तथा बन कार्यालय प्रमुख रेञ्जर सतिश दाहालको संयोजकत्वमा डेङ्गु तथा अन्य रोगहरु नलागोस् र वातावरण संरक्षणकोलागी सरसफाई कार्यक्रम आयोजना गरिएको हो। मकवानपुर जिल्लाको पुरानो सदरमुकाम भिमफेदीको भीमफेदी गाउँपालिकामा २०७९/०६/२८ गते सम्म ३८ जना लाई डेंगू संक्रमण भएको तथ्याङ्क रहेको छ।स्वास्थ्य केन्द्रमा दैनिक ५/७ जना बिरामी डेंगुका लक्षण भएका बिरामी आउँछन् जसको परिक्षण गर्नै उपकरण छैन। गाउँपालिका स्वास्थ्य शाखाले परिक्षण किट उपलब्ध गराउनु पर्ने स्वास्थ केन्द्रको सिनियर अहेब सुनिल कुमार झाले बताउनुभयो ।सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सहका...
४ करोड लगानीमा ड्रागन फ्रुट

४ करोड लगानीमा ड्रागन फ्रुट

Breaking news 1, कृषि समाचार, ट्रेन्डिङ
निराज रानाभाट , हेटौंडा , मकवानपुर : मकवानपुर जिल्लाकाे हेटौंडास्थित हेटौंडा उप - महानगरपालिका - १३ , पदमपाेखरीका किसान फेञ्चु रुम्बा लामा विगत केही वर्षदेखि नौलो तथा मिठाे फल ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनी दंग देखिएका छन । मकवानपुरको हेटौंडास्थित हेटौंडा उप - महानगरपालिकाकाे आवश्यक सहयोगमा नगरकै पहिलो व्यवसायका रूपमा रहेको हेर्दै रहर लाग्दो , अर्गानिक तथा मिठो फल ड्रागन फ्रुटकाे परीक्षणसमेत सफल भएको छ । हेटौंडाका मेहनती किसान फेञ्चु रुम्बा लामालाई हेटौंडा उप - महानगरपालिकाले अनुदानको रूपमा १ लाख सहयोग गरेको थियो , तर १ लाखले केही गर्न नपुग्ने भएपछि लामाले थप २ करोड कृषि विकास बैंक लिमिटेड कान्तिराजपथ शाखाबाट ऋण लिई अन्य आफ्नै व्यक्तिगत गरि करिब ४ करोड लगानीमा खेती शुरु गरेका थिए । अहिले फेञ्चु रुम्बा लामाकाे करिब १ बिघा आफ्नै खेतबारीमा ४ हजार बाेट ड्रागन फ्र...
४ करोड लगानीमा ड्रागन फ्रुट

४ करोड लगानीमा ड्रागन फ्रुट

Breaking news 1, कृषि समाचार, ट्रेन्डिङ
निराज रानाभाट , हेटौंडा , मकवानपुर : मकवानपुर जिल्लाकाे हेटौंडास्थित हेटौंडा उप - महानगरपालिका - १३ , पदमपाेखरीका किसान फेञ्चु रुम्बा लामा विगत केही वर्षदेखि नौलो तथा मिठाे फल ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनी दंग देखिएका छन । मकवानपुरको हेटौंडास्थित हेटौंडा उप - महानगरपालिकाकाे आवश्यक सहयोगमा नगरकै पहिलो व्यवसायका रूपमा रहेको हेर्दै रहर लाग्दो , अर्गानिक तथा मिठो फल ड्रागन फ्रुटकाे परीक्षणसमेत सफल भएको छ । हेटौंडाका मेहनती किसान फेञ्चु रुम्बा लामालाई हेटौंडा उप - महानगरपालिकाले अनुदानको रूपमा १ लाख सहयोग गरेको थियो , तर १ लाखले केही गर्न नपुग्ने भएपछि लामाले थप २ करोड कृषि विकास बैंक लिमिटेड कान्तिराजपथ शाखाबाट ऋण लिई अन्य आफ्नै व्यक्तिगत गरि करिब ४ करोड लगानीमा खेती शुरु गरेका थिए । अहिले फेञ्चु रुम्बा लामाकाे करिब १ बिघा आफ्नै खेतबारीमा ४ हजार बाेट ड्रागन फ्र...
घनश्याम भूषालले त्यागे एमाले

घनश्याम भूषालले त्यागे एमाले

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्थानीय
हेटौँडा । नेकपा एमालेका स्थायी कमिटि सदस्य घनश्याम भुसालले एमाले परित्याग गरेका छन् । पार्टीले टिकट नदिएपछी भुसालले सामजिक सञ्जाल फेसबुक मार्फत एमाले त्यागेको जानकारी गराएका हुन् ।हेर्नुहोस् , उनको स्टाटस देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ । यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो । तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो । त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दी...
बाह्र घुुम्तिमा सुख्खा पहिरो: यातायात अबरुद्ध

बाह्र घुुम्तिमा सुख्खा पहिरो: यातायात अबरुद्ध

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्थानीय
भिमफेदी - त्रिभुवन राजपथको भिमफेदी गाउपालिकाको बाह्र घुम्तीमा सुख्खा पहिरो गएपछि सडक अबरुद्ध भएको छ । भिमफेदी गाउँपालिका वडा नं. २ स्थित बाह्रघुम्ती भन्दा केही माथी रहेको तेर्सो सडकमा सल्लाको रुख ढलेको र सुख्खा पहिरो गएपछी सडक पुर्ण रुपमा अबरुद्ध भएको छ । हेटौंडा हुँदै दामन, पालुङ, काठमाडौ र नामटार तर्फको सवारी साधन पुर्ण रुपमा बन्द भएको छ | ...
सत्तागठबन्धनले प्रदेश र प्रतिनिधिसभाको टुंग्यायो  सिट बाँडफाँट

सत्तागठबन्धनले प्रदेश र प्रतिनिधिसभाको टुंग्यायो सिट बाँडफाँट

Breaking news 3, ट्रेन्डिङ, प्रदेश, राजनीति, समाचार
२०७९ असोज २१ । सत्ता गठबन्धनले प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटलाई लगभग टुंगो लगाएका छन् । नेताहरुका अनुसार जनता समाजवादी पार्टी ९जसपा० बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ । र गठबन्धका एक नेताका अनुसार सत्ता गठबन्धनका दलहरु ८ सिट दिन सहमत भएका छन् । ४ सिटमा छलफल चलिरहेको छ । हालसम्म कांग्रेसले प्रतिनिधिसभाको ८४ सिट, माओवादीले ४७, एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने भएको छ । हेर्नुहोस् कुन क्षेत्र क–कस्को भागमा ? (सूचिसहित) ...
महेश वर्तौलाले टिकट पाएपछि सुवासचन्द्र ठकुरीले यस्तो दिए प्रतिक्रिया

महेश वर्तौलाले टिकट पाएपछि सुवासचन्द्र ठकुरीले यस्तो दिए प्रतिक्रिया

Breaking news 2, ट्रेन्डिङ, समाचार
हेटौँडा । नेकपा एमाले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ बाट महेश बर्तौलाले टिकट पाएछि एमाले बागमती प्रदेश कमिटि सदस्य तथा  प्रतिनिधिसभामा उम्मेद्वार सिफारिस भएका सुवासचन्द्र ठकुरीले सामजिक सञ्जाल मार्फत आफ्नो प्रतिक्रिया दिएका छन् । संविधानसभा सदस्य समेत रहेका ठकुरीले सामजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया दिएका हुन् । ...
एमाले मकवानपुरको उम्मेदवार टुङ्गियो

एमाले मकवानपुरको उम्मेदवार टुङ्गियो

Breaking news 1, ट्रेन्डिङ, समाचार
मकवानपुर । यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि नेकपा एमाले मकवानपुरको उम्मेद्वार आज टुंगीएको छ । मकवानपुरबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ मा रामेश्वर राना र क्षेत्र नंबर २ मा महेश बर्तौलाले टिकट पाएका छन् ।प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्तर्गत प्रदेश ‘क’ मा कमल विष्ट तथा ‘ख’ मा एकालाल श्रेष्ठले टिकट पाउँदा क्षेत्र नंबर २ को ‘क’ मा विष्णु ढकाल तथा ‘ख’मा लालबहादुर थापाले टिकट पाएका छन् । मकवानपुरमा एमालेको उम्मेदवार टुङ्गिएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए । ...