Wednesday, April 22News That Matters

Author: admin

हेटौंडावाट बिरगञ्ज जाँदै गरेको बस दुर्घटना : १४ जनाको मृत्यु

हेटौंडावाट बिरगञ्ज जाँदै गरेको बस दुर्घटना : १४ जनाको मृत्यु

Breaking news 1, ट्रेन्डिङ, समाचार
हेटौँडाबाट विरगञ्ज जाँदै गरेको यात्रुबाहक बस पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उ.म.न.पा. वडा नं. २२ तीन नम्बर पुल नजिक दुर्घटना भएको छ ।दुर्घटनामा  मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेहरु ९ जना पुरुष तथा ५ जना महिला रहेका छन् । दुर्घटनामा घाईते भएका मध्ये उपचारको लागि हेटौँडा अस्पताल लगिएका १२ जना, चुरेहिर अस्पताल र सहकारी अस्पताल लगिएको १ – १ जना गरि १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक बलराम श्रेष्ठले बताए ।...
आज नवरात्रिको अन्तिम दिन, देवी दुर्गाको नवौं शक्तिको पूजा

आज नवरात्रिको अन्तिम दिन, देवी दुर्गाको नवौं शक्तिको पूजा

Breaking news 1, दैनिक राशिफल, समाचार
आज बडादसैंको नवौं तथा अन्तिम दिन दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइन्छ। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ। महानवमीका अवसरमा आज दसैंघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ। शाकाहारीहरूले भने कुभिन्डो, घिरौंला र मूला लगायतको बलि दिने र नरिवल चढाउँछन्। पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ।  आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ। महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जंगी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ। हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवा...
विश्व युवा सम्मेलनमा भाग लिन विद्यार्थी नेता पौडेल मलेसियामा

विश्व युवा सम्मेलनमा भाग लिन विद्यार्थी नेता पौडेल मलेसियामा

Breaking news 1, ट्रेन्डिङ, शिक्षा, समाचार
अनेरास्ववियु, स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशका सह-ईन्चार्ज सन्तोष पौडेल विश्व युवा शान्ति सम्मेलन -२०२२ मा सहभागी हुन मलेसिया प्रस्थान गर्नुभएको छ ।अनेरास्ववियुको प्रतिनिधित्व गर्दै संगठनको अध्यक्ष सुनिता बरालको नेतृत्वमा मकवानपुरका लोकप्रिय विद्यार्थी नेता पौडेल मलेसिया प्रस्थान गर्नुभएको हो । टोलिमा अनेरास्ववियुका उपमहासचिवद्वय सुदर्शन शिवाकोटी ( बिदेश बिभाग प्रमुख ) र गोबिन्द गिरि, स्थायी कमिटी सदस्य एवम् बिदेश बिभाग उपप्रमुख सुन्दर घिमिरे, स्थायी कमिटी सदस्य एवम् बिदेश बिभाग सचिव राजेश नेपाली, स्थायी कमिटी सदस्य सुजन कार्कि, सचिवालय सदस्य सागरहरी अधिकारी लगाएत हुनुहुन्छ । युभसत्ता तथा मलेसिया सरकारबाट स्थापित अन्तरास्ट्रिय युवा केन्द्र, क्वालाम्पुरद्वारा आयोजित १५ औं विश्व युवा शान्ती महोत्सव- २०२२ मा सहभागी हुन बिद्यार्थी नेताहरु मलेसिया प्रस्थान गरेका हुन । कार्यक्रममा कोभिड प...
साउदी राजाले छोरालाई बनाए प्रधानमन्त्री

साउदी राजाले छोरालाई बनाए प्रधानमन्त्री

Breaking news 1, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, समाचार
१२ असोज, । सामान्यतया राजा राष्ट्र प्रमुख हुने भएकाले उनीहरु आलंकारिक भूमिकामा बस्छन् र जनप्रतिनिधिले कार्यकारी भूमिकामा काम गर्छन् । तर, यो मामिलामा साउदी अरेयिबा अलग छ । त्यहाँको राजपरिवारका सदस्य नै सरकार सञ्चालनमा समेत सहभागी हुने गरेका छन् । यही सिलसिलामा साउदी अरबका राजा सलमानले युवराज मोहमद बिन सलमानलाई प्रधानमन्त्री बनाएका छन् । साउदी प्रेस एजेन्सीमा प्रकाशित आदेश अनुसार राजाले मन्त्रिपरिषद पुनर्गठन गर्दै छोरा मोहमद विन सलमानलाई प्रधानमन्त्री बनाएका हुन् । युवराज मोहमद यसअघि नै साउदीको ‘डिफ्याक्टो शासक’ जस्तै थिए । उनको प्रधानमन्त्रीमा नियुक्तिसँगै यसले औपचारिकता समेत पाएको छ । छोटकरीमा एमबीएसका नामले समेत चिनिने मोहमदले यसअघि नै उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी पाइसकेका छन् । अब यो जिम्मेवारीमा उनका कान्छा भाइ खालिद सलमान हुने छन् जो यसअघि रक्षामन्त्री थिए ।...
मृगौला रोगी थापालाई मगर संघ मकवानपुरद्वारा आर्थिक सहयोग

मृगौला रोगी थापालाई मगर संघ मकवानपुरद्वारा आर्थिक सहयोग

Breaking news 1, ट्रेन्डिङ, समाचार
हेटौंडा | गोरखा जिल्ला स्थित गोरखा नगरपालीका स्थित मृगौला रोगी बिना थापा मगरलाई नेपाल मगर संघ र निकटका भातृ संगठनहरु द्वारा रू.१०,००० ( दशहजार मात्र) आर्थिक सहयोग गरेका छन् । संघको कोषाध्यक्ष डेमिज थापा मगरको विशेष पहलमा कमिटिका पदाधिकारी तथा भातृ संस्थाहरु  संघको आज एक आपतकालिन बैठक बसी संघका पुर्ब पदाधिकारीहरु, बर्तमान कमिटिका पदाधिकारीहरु तथा भातृ संगठनको सहयोगमा पिडित थापालाई सहयोग गरेको संघको सहसचिव भूपेन्द्र रानाले बताए ।आपतकालिन अवस्थामा सकेको सहयोग गरेको र पुन पिडितलाई सहयोग गर्ने संघका अध्यक्ष सन्देश तुम्सिङ मगरले बताए ।...
बुटवल उपमहानगरपालिका उपप्रमुख अर्यालले जिल्ला प्रशासन रुपन्देहीको नियमको उल्लंघन सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग

बुटवल उपमहानगरपालिका उपप्रमुख अर्यालले जिल्ला प्रशासन रुपन्देहीको नियमको उल्लंघन सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग

Breaking news 2, ट्रेन्डिङ, समाचार
सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका नगर उप प्रमुख ले भने यो नियमको पालना भएको पाइँदैन ।बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रा देबि अर्याल ले २०७९/०६/१० गते घटस्थापनादिनको सार्वजनिक बिदाका दिन पनि सरकारी गाडी सम्पत्तिको दुरुपयोग गरिएको पाइएको छ । उनको गाडी न लु १ झ ३५७ न को गाडी आज बिहान देखि गुडिरहेको र बुटवल उपमहानगरपालिका वार्ड न ११ न्यू होराइजन स्कूल को पारी करिब २ घन्टा रोकेको पाइएको छ भने कहिले छोरी लाई अस्पताल र कहिले कहाँ पुराएको पनि पाइएको छ । हाल जिल्ला प्रशासन रूपन्देहीले बिदाको समयमा सरकारी गाडी चलाउन पाँईदैन यदि अति आवश्यक परेमा वा चलाए पनि पास लिनु पर्ने जिल्ला प्रमुख भरतमणि पाण्डेले बताएका थिए र हाल कुनै गाडी लाई पनि पास नद...
एकीकृत समाजवादीमा गयाे पहिराे, आधा दर्जन जिल्ला सदस्यसहित पुरानाे घर फर्किन् मनिला

एकीकृत समाजवादीमा गयाे पहिराे, आधा दर्जन जिल्ला सदस्यसहित पुरानाे घर फर्किन् मनिला

Breaking news 1, ट्रेन्डिङ, राजनीति, समाचार
मनहरी गाउँपालिकाकी निर्वाचित पूर्व उपाध्यक्ष तथा एकीकृत समाजवादीकी जिल्ला सचिवालय सदस्य मनिला विष्ट नेकपा एमाले मै फर्किएकी छिन् । साेमबार मनहरीमा अायाेजित कार्यक्रममा मनिलासहित पार्टी जिल्ला सदस्य र गाउँपालिका कमिटीका सदस्यहरू, अनेरास्ववियु र अनेमसंघका नेता कार्यकर्तासहित २ दर्जन नेकपा एमालेमा प्रवेश गरेका हुन् । प्रवेश कार्यक्रममा बाेल्दै भईरहेकाे छदाकाे पार्टी फुटाएर नयाँ मान्छेलाई ल्याएर पार्टी बनाउनु फलामकाे च्यूरा हुने र विभाजनले कम्युनिष्ट पार्टीलाई कमजाेर बनाएकाेले पुरानै घर फर्किएर बलियाे बनाउनु उपयुक्त हुने भएकाेले नेकपा एमालेमा फर्किएकाे बिष्टले बताईन् । पार्टीले दिएकाे जिम्मेवारी साझा सवाल र विषय भएकाे अन्य पार्टी भन्दा सृजनात्मक र क्रियाशिल हुने प्रतिबद्वता व्यक्त गर्दै जनताकाे नयाँ साेच र नयाँ खाेजप्रति चासाे भएकाेले समयानुकुल पार्टी सञ्चालन गर्नुपर्नेमा जाेड दिईन् । ...
दशैंको पहिलो दिन आज घटस्थाना, घरघरमा जमरा राखिदैं

दशैंको पहिलो दिन आज घटस्थाना, घरघरमा जमरा राखिदैं

Breaking news 1, ट्रेन्डिङ, समाचार
हेटौंडा । नेपालीहरुको महान चाड दशै आजबाट सुरु भएको छ । विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । नेपाल पञ्चाङ निर्णायक समितिले जमरा राख्ने उत्तम साइत बिहान १० बजेर २३ मिनेटमा रहेको जनाएको छ । जमरालाई घरको पूर्व दिशातिर फर्काएर स्थापना गरेमा शुभ रहने पनि समितिले जनाएको छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । त्यसै स्थान नज...
बागमती प्रदेश सदस्य माझी राप्रपा नेपालमा प्रवेश

बागमती प्रदेश सदस्य माझी राप्रपा नेपालमा प्रवेश

Breaking news 2, राजनीति
हेटौंडा । बागमती प्रदेश सभा सदस्य तथा राप्रपाका निर्बाचित केन्द्रिय सदस्य रिता माझी राप्रपा नेपाल प्रबेश गरेकी छिन् ।आज बागमती गाउँपालिका-३ मा आयोजित कार्यक्रममा माझिलाई स्वागत गर्दै राप्रपा नेपाल अध्यक्ष कमल थापाले अब कोहि पनि अलमलमा नपरी , भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए । मुलुकलाई एउटा बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्तिको आबश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको ठम्याई रहेको थियो । उनले मकवानपुरको बिकासको अधुरो काम सम्पन्न गर्न आउने निर्बाचनमा उम्मेदवारी दिन लागेको समेत जानकारी दिए ।हेटौंडा -काठमाडौं सुरुङ्ग मार्ग, चक्रपथ निर्माण , बिश्वबिद्धालय स्थापना, औद्योगिक क्षेत्रको बिकास आफ्नो प्राथमिकतामा रहेको समेत थापाले बताए । कार्यक्रममा बोल्दै प्रदेश साँसद रिता माझिले इमानदारीता , निष्ठा र कर्तब्यबोधका कारण राप्रपा नेपाल रोजेको ब...
सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार, स्थानीय
मनिआर मोक्तान, मकवानपुर | सुनाचुरी चौकिटोल फुटबल समुहको आयोजनामा असोज दोश्रो साता मनहरी गाउँपालिका वडा नम्बर ६ मा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक सुनाचुरीले शुक्रबार सुनाचुरीमा पत्रकार सम्मेलन गरी पहिलो संस्करणका ३० बर्ष भन्दा माथीको खसिकप फुटबल प्रतियोगिता असोज १० गतेबाट हुने जानकारी गराएको छ । सुनाचुरी स्थित जोगिताल खेल मैदानमा आयोजना हुने प्रतियोगितामा मनहरी गाउँपालिकाको वडा नम्बर ६ र ७ को टोलीले सहभागिता जनाउने प्रतियोगिताको संयोजक केदार योन्जनले जानकारी दिनुभयो । नक आउटको आधारमा सञ्चालन हुने प्रतियोगितालाई विभिन्न सङ्घसस्था र ब्यक्तिहरुले सहयोग गरिने आयोजकले जनाएके छ । स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग गर्ने संयोजक योन्जनले बताउनुभएको छ । मनहरी गाउपालिकाको वडा नम्बर ६ र ७ बाट सहभागि जनाउने प्रतियोगि...