Wednesday, April 22News That Matters

Author: admin

सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

सुनाचुरीमा पहिलो पल्ट खसिकप फुुुटबल हुने

Breaking news 1, खेलकुद, ट्रेन्डिङ, समाचार, स्थानीय
सुनाचुरी चौकिटोल फुटबल समुहको आयोजनामा असोज दोश्रो साता मनहरी गाउँपालिका वडा नम्बर छ मा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक सुनाचुरीले शुक्रबार सुनाचुरीमा पत्रकार सम्मेलन गरी पहिलो संस्करणका ३० बर्ष भन्दा माथीको खसिकप फुटबल प्रतियोगिता असोज १० गतेबाट हुने जानकारी गराएको छ । सुनाचुरी स्थित जोगिताल खेल मैदानमा आयोजना हुने प्रतियोगितामा मनहरी गाउँपालिकाको वडा नम्बर ६ र ७ को टोलीले सहभागिता जनाउने प्रतियोगिताको संयोजक केदार योन्जनले जानकारी दिनुभयो । नक आउटको आधारमा सञ्चालन हुने प्रतियोगितालाई विभिन्न सङ्घसस्था र ब्यक्तिहरुले सहयोग गरिने आयोजकले जनाएके छ । स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग गर्ने संयोजक योन्जनले बताउनुभएको छ । मनहरी गाउपालिकाको वडा नम्बर ६ र ७ बाट सहभागि जनाउने प्रतियोगिताको विजेताले करिब २२५०० र...
जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

जनमत एमालेको पक्षमा छः नेता महेश बर्तौला

Breaking news 1, राजनीति
नेकपा एमाले बागमती प्रदेश कमिटी उपसचिव तथा एमाले सादकी युवा नेता महेश बर्तौलाले जनमत एमालेको पक्षमा रहको र निर्वाचन एमालेले जित्ने बताउनु भएकोछ । आज नेकपा एमाले भीमफेदी गाउँपालिका पार्टी कमिटीको निर्वाचन केन्द्रित बैठकमा बोल्नुहुदै उहाँले यस्तो बताउनु भएको हो । युवा नेता बर्तौलाले निर्वाचनमा एमाले जित्नको लागि मात्रै नभई जनताको नोकर भएर सेवा गर्नको लागि भएको बताउनु भयो ।नेकपा एमाले पार्टी भीमफेदी गाउँपालिका कमिटीको बैठकमा बर्तौला संगै पार्टी प्रदेश कमिटी सदस्य भगवती पुडासैनी, प्रदेश कमिटी सल्लाहकार सदस्य ठाकुराम खड्का, जिल्ल कमिटी उपसचिव हिदम लामा, सचिवालय सदस्य दोर्ण भद्र पुडासैनी र विष्णु ढकाल लगायतका नेताहरुले विचार राख्नु भएको थियो । बैठकबाट पार्टीको संचालन गरेको शुद्धीकरण र सुदृढीकरण अभियान बारे समिक्षा गरि सानु थापा मगर अध्यक्ष रहने गरि ४०५ निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय...
भीमफेदीको जुरीखेतमा दुर्घटना, ७ जनाको मृत्यु

भीमफेदीको जुरीखेतमा दुर्घटना, ७ जनाको मृत्यु

Breaking news 1, ट्रेन्डिङ, समाचार, स्थानीय
भीमफेदी, ६ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ६ जुरीखेतमा यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार सात जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो, भने एक जनाको अस्पतालमा मृत्यु भएसँगै कुल मृतकको संख्या हालसम्म सात जना पुगेको हो । बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको ना ३ ख ७८५८ नम्बरको मिनि बस जुरीखेतमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान अझै अुल्न नसकेको बताइएको छ । अहिले प्रहरीले बसमा सवारी यात्रुहरूको सूची भने तयारी पारेको छ । बसमा २५ जना सबार थिए ।बसमा कोको सवार थिए? हेर्नुहोस् ।...
राष्ट्रिय  समाजसेवी  प्रा.डा. जगदीश बैद्यकाे  समुपस्थितिमा  कश्यप  गोत्रीय  रानाभाट  केन्द्रीय  प्रतिष्ठानको ` प्रथम  साधारण  सभा , ऐतिहासिक पुस्तक  विमाेचन  र  दशैं  तिहार  शुभकामना  कार्यक्रम ´  हुँदै

राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्यकाे समुपस्थितिमा कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमाेचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ हुँदै

Breaking news 2, ट्रेन्डिङ, स्थानीय
निराज रानाभाट , तनहुँ : कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको ` प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमोचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ यहीँ असाेज ०८ गते , शनिबार , हुँदै छ । कश्यप गोत्रीय रानाभाट प्रतिष्ठान : पितापुर्खाहरुप्रतिको हार्दिक सम्मान ´ भन्ने मुल नारासहित वि.सं. २०७८ सालमा स्थापना भएको कश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानले माननीय राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश बैद्यकाे समुपस्थितिमा प्रथम साधारण सभा , ऐतिहासिक पुस्तक विमोचन र दशैं तिहार शुभकामना कार्यक्रम ´ आयोजना गरेको हो । कार्यक्रम भने गण्डकी प्रदेशमा पर्ने तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका - ०२ , बगुवास्थित रोयल्स हाेम रिसोर्ट प्रा.लि. सम्पन्न हुने भएको छ । उक्त कार्यक्रममा सम्पूर्ण दिदीबहिनीहरुले साडी - चोलो वा ब्लाउज तथा दाजुभाइहरूले दौरा - सुरूवाल साथै कोटमा उपस्थित हुन अनुरोध गरिएको , यदि द...
मकवानपुर बहुमुखी क्याम्पस देशकै योग्य नेतृत्व जन्माउने पवित्र थलो – बर्तौला

मकवानपुर बहुमुखी क्याम्पस देशकै योग्य नेतृत्व जन्माउने पवित्र थलो – बर्तौला

Breaking news 1, ट्रेन्डिङ, समाचार
नेकपा एमाले, बागमती प्रदेश कमिटिका उपसचिव महेष बर्तौलाले मकवानपुर बहुमुखी क्याम्पस देशकै लागि योग्य नेतृत्व जन्माउने पवित्र थलो भएको बताउनुभएको छ । अनेरास्ववियु, क्याम्पस कमिटी, मकवानपुर बहुमुखी क्याम्पसद्वारा बिजयादशमी तथा शुभदिपावलिको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा बृहत् विद्यार्थी भेलामा बोल्दै मकवानपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट आंकाक्षी उम्मेदवार समेत रहेका बर्तौलाले यस्तो बताएका हुन् । बर्तौला सोही क्याम्पसका पुर्व बिद्यार्थी एवम् दुईपटक निर्वाचीत स्वबियु सभापती पनि हुन । मकवानपुर जिल्लाको विद्यार्थी राजनिती हुँदै अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष समेत भएका बर्तौला एमालेका आशा गरिएका युवा नेताभित्र पर्छन । आज बिहान अनेरास्ववियु, क्याम्पस कमिटीको कार्यक्रममा बोल्दै उहाँले " मकवानपुर क्याम्पसले देश हांक्ने थुप्रै नेतृत्व जन्माएको र यसबाट उत्पादित नेतृत्व...
सिक्लेस हाइड्रोपावरको आइपीओ अर्को साता बाँडफाँट हुने, १ लाख ५ हजार ८०० ले मात्रै सेयर पाउने

सिक्लेस हाइड्रोपावरको आइपीओ अर्को साता बाँडफाँट हुने, १ लाख ५ हजार ८०० ले मात्रै सेयर पाउने

अर्थ
कम्पनीले भदौ २९ गते देखि असोज २ गतेसम्म सर्वसाधारणका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ५% अर्थात् ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणको लागि छुट्याएको छ । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सिक्लेस हाइड्रोपावरलाई ‘केयर एनपी रेटिङडबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८ असोज २० गते रेटिङ दिएको थियो । यो रेटिङ आगामी असोज १९ गतेसम्म बाहल रहनेछ । यता, सिक्लेसको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १६.२९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १५ लाख ३८ हजार ३८३ जनाले कुल १ करोड ७२ लाख ...
कपन आगलागी अपडेट : मृतकको संख्या ३ पुग्यो

कपन आगलागी अपडेट : मृतकको संख्या ३ पुग्यो

Breaking news 1, ट्रेन्डिङ, समाचार
बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीबाट ३ जनाको मृत्यु भएको छ । बुधवार साँझ  कपन गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी भएको थियो । आगलागीमा परेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । इलाइट हिमालयन एडभेन्चर प्रालिमा लागेको आगो सुरक्षाकर्मीले निभाएका छन् । मृतकको पहिचान खुलेको छैन् ।...
कपनमा भीषण आगलागी, एक जनाको मृत्यु

कपनमा भीषण आगलागी, एक जनाको मृत्यु

Breaking news 3, ट्रेन्डिङ, समाचार
५ असोज, काठमाडौं । कपनको एक घरमा भीषणा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । घरको दोस्रो तलामा रहेका एक जनाको मृत्यु भएको उपत्यका प्रहरी प्रमुख रवीन्द्र धानुकले पुष्टि गरे । उनका अनुसार घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको छ । अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । साँघुरो गल्ली भएका कारण दमकल जान समेत अप्ठ्यारो भएको छ ।...
अनशनरत डा. केसी काठमाडौंमा, उपचारका लागि शिक्षण अस्पतालमा लगियो

अनशनरत डा. केसी काठमाडौंमा, उपचारका लागि शिक्षण अस्पतालमा लगियो

Breaking news 1, ट्रेन्डिङ, समाचार
स्वास्थ्य सेवा सुधारका माग राखेर धनगढीमा अनशन बसेको १० औं दिन डा. गोविन्द केसी उपचारका लागि काठमाडौं आएका छन् । अनशनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनी श्री एयरलाइन्सको विमानबाट काठमाडौं आएका हुन् । काठमाडौं आएका उनलाई विमानस्थलबाट सिधै शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । सिकिस्त हुँदा पनि अनशन तोड्न नमानेका उनले शिक्षण अस्पतालमा नै अनशनलाई निरन्तरता दिने बताएका छन् । सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सर देखिएको भन्दै उनलाई यसअघि नै विशेषज्ञहरु भएको अस्पतालमा लैजान आग्रह गरेको थियो । जस अनुसार हिजो (मंगलबार) उनलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी गएको थियो । तर उनले आफू ठिक रहेको भन्दै काठमाडौं नफर्कने अडान लिएका थिए । त्यसपछि स्काइ ट्रक रित्तै फर्केको थियो । तर आज भने उनी काठमाडौं आउन तयार भएका हुन् ।...
एमाले मकवानपुरले ७५१ निर्वाचन परिचालन कमिटी घोषण गर्यो

एमाले मकवानपुरले ७५१ निर्वाचन परिचालन कमिटी घोषण गर्यो

Breaking news 2, ट्रेन्डिङ, राजनीति, समाचार, स्थानीय
हेटौंडा । नेकपा एमाले मकवानपुरले जिल्ल पार्टी कार्यालय हेटौंडामा आयोजीत एक कार्यक्रम आयोजना गरि ७५१ निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । नेकपा एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटीका सदस्य अनन्त पौडेल कमिटीका संयोजक तोकिनुभएको छ । ७५१ सदस्य कमिटीको सह संयोजक जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र सचीवमा जिल्ला सचीव नवीन सिग्देल रहनु भएको छ । कमिटीका सदस्यहरुमा नेकपा एमालेका जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी, जिल्ला कमिटी, जिल्लाका बिभागका सदस्यहरु, भातृ सङ्गठनका केन्द्रिय सदस्य, प्रदेश कमिटी, एमालेका पालिका स्तरीय कमिटीका सदस्यहरु, जिल्ला सल्लाहकार परिषद, कम्युनिस्ट मन्च, निर्वाचित पालिका प्रमुख उप प्रमुख, जिफन्ट तथा पेशागत महासङ्घका सदस्यहरु, वडाध्यक्षहरुलगायत सदस्य रहने छन् । यस्तै प्रतिनिधि सभा १ नम्बर क्षेत्रको संयोजकमा रामचन्द्र राई र सचीवमा अनिल बानियाँ लाई जिम्मेवारी दिइएक...