४ करोड लगानीमा ड्रागन फ्रुट

निराज रानाभाट , हेटौंडा , मकवानपुर : मकवानपुर जिल्लाकाे हेटौंडास्थित हेटौंडा उप – महानगरपालिका – १३ , पदमपाेखरीका किसान फेञ्चु रुम्बा लामा विगत केही वर्षदेखि नौलो तथा मिठाे फल ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनी दंग देखिएका छन । मकवानपुरको हेटौंडास्थित हेटौंडा उप – महानगरपालिकाकाे आवश्यक सहयोगमा नगरकै पहिलो व्यवसायका रूपमा रहेको हेर्दै रहर लाग्दो , अर्गानिक तथा मिठो फल ड्रागन फ्रुटकाे परीक्षणसमेत सफल भएको छ । हेटौंडाका मेहनती किसान फेञ्चु रुम्बा लामालाई हेटौंडा उप – महानगरपालिकाले अनुदानको रूपमा १ लाख सहयोग गरेको थियो , तर १ लाखले केही गर्न नपुग्ने भएपछि लामाले थप २ करोड कृषि विकास बैंक लिमिटेड कान्तिराजपथ शाखाबाट ऋण लिई अन्य आफ्नै व्यक्तिगत गरि करिब ४ करोड लगानीमा खेती शुरु गरेका थिए ।

अहिले फेञ्चु रुम्बा लामाकाे करिब १ बिघा आफ्नै खेतबारीमा ४ हजार बाेट ड्रागन फ्रुट छन । लामाको ड्रागन फ्रुटका साथमा बाख्रा पालन , तरकारी टनेल , खरबुजा , मेवा , सयपत्री फूल , अादि पनि छन । यसको उत्पादनसँगै एकै ठाउँमा साना बाेट हुने तरकारी खेतीसमेत गरेर दोहोरो फाइदा लिन सफल भएको लामाले बताए । मकवानपुरको मनहरी गाउँपालिका – ०१ स्थित बालजीवनज्योति माद्यामिक विद्यालयमा शिक्षक लामाले शिक्षक पेशा छाडेर ` एमएनएस एग्रो प्रा.लि. ´ कृषि फार्म दर्ता गरि ड्रागन फ्रुट खेती गरेका हुन् । लामालाई उनकी श्रीमती सपना लामाले साथ – सहयोग गर्ने गरेकी छिन् ।

लामालाई शुरुमा ड्रागन फ्रुट उत्पादन नहुँदासम्म भने फाइदा हुँदैन जस्तो लागेको थियो , तर अहिले बजारकाे समस्या नभएको र घरमै अाएर ग्राहकहरुले खरिद गरेको र सबैलाई फल चाख्न भ्याइनभ्याई भएको देख्दा उनलाई खुशी लागेको छ । पहिलो लटमा लगभग ६० हजारकाे फल बिक्री भएको र दोस्रो लटमा ५ लाखको फल बिक्री भएको बताउँदै उनी तेस्रो लट पनि बिक्री गर्ने तयारीमा छन । उनका अनुसार फूल फुलेकाे ३० औं दिनमा फल पाकेर खानयोग्य हुने र टिपेर खाँदा १०/१५ दिनसम्म नबिग्रिने हुन्छ । गर्मीकाे जेठ महिनादेखि असाेज महिनासम्म मुख्य रूपमा फल दिने ड्रागन फ्रुट वर्षमा ४ लटसम्म फल्ने गर्दछ ।

यसमा फूल फुल्ने , कोपिला लाग्ने , फल फल्ने क्रम एकसाथ चलिरहन्छ । ड्रागन फ्रुट राेपेकाे १६ वर्षसम्म उत्पादन लिन सकिन्छ । प्रति केजी ५ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । लामाको खेतबारीमा आकर्षक ड्रागन फ्रुट हेर्न धेरै मानिस फार्म पुग्ने गरेका छन् । जग्गा ड्याङ बनाएर पिलर गाडेर , पातलाे हारमा मिलाएर लगाउन सकिने उक्त खेती नौलो फल भएकोले यसको बाेटका हाँगा कटिङ गरेर राेपिन्छ । एउटै बाेटबाट पनि अन्य बिरुवा वृद्धि विकास गर्न सकिन्छ । एकपटक बिरुवा लगाएपछि समयसमयमा सामान्य गाेडमेल र सिचाइबाहेक अन्य गाेडमेल गर्नु नपर्ने र राेपेकाे २ वर्षदेखि लगातार लामो समय फल दिने हुनाले अन्य खेतीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने अनुभव बटुल्न सफल भएको उनलेे सुनाए ।

लामाले फलकाे बिरुवा प्रतिगोटा २ सय ५० सम्म बेच्ने गरेका छन । खेतीमा सफल भएका लामाले कृषि पेशामा लागेर पनि अन्य व्यवसायी जस्तै गाडी चढ्न सक्ने आम्दानी गर्न सकिने बताए । उनलेे खेतीमा राम्रो भविष्य भएको भन्दै रोजगारीका लागि विदेश जाने युवाहरुलाई गाउँ – घरमै खेती गर्नसमेत आग्रह गरे ।