पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु

जुम्ला । जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। 

गएराति करिब साढे २ वजे आयोजनाको पावर हाउसमा पहिरोमा पुरिएर पावर हाउसका अपरेटर गोरकबहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु भएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए। 

मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन्। 

शाहीका अनुसार एक्कासी घर भासिएको थियो। उनीहरु तीनै जना आयोजनाको पावर हाउस भित्र सुतिरहेका थिए।