आज मिति २०७९ असार ३२ गते शनिवारको , हेर्नुहोस् आजको राशिफल

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो,
बैङ्क तथा वित्तीय क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउन केही समय पर्खनु पर्नेछ । बौद्धिक व्याक्तित्त्वहरु सामु तपार्ईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अघि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
राजनीति तथा समाज सेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । अध्ययन अध्यापनमा तपार्ईंको कमजोर उपस्थितिको फाइदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला । आमा वा आमा सरहका मानससँग टाढिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । माया प्रेममा मनमुटावको अवस्था सिर्जना हुनेछ । व्यापार व्यावसायमा न्यून नाफा हुने हुनाले दैनिकि कष्टकर हुनेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह
वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा काम गर्न असजिलो महसुस हुनेछ । विद्यामा सफलता पाउन कडा मिहिनेत गर्नु पर्नेछ । दाजुभाइ तथा छिमेकीसँग मनमुटाव बढ्छ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय दिए पनि भनेजस्तो नतिजा नआउने हुँदा मन खिन्न हुनेछ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइलेखाइमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ भने मनग्य धन सम्पत्ति हात लाग्ने योग रहेको छ । मायाप्रेममा विश्वासको वातावरण बढ्नेछ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
राम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठूलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होइनेछ । थोरै स्रोत साधन प्रयोग गरी असीमित आवश्यकता पूरा गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मीठामीठा कुरा गरी समय व्यतित गर्न सकिनेछ । पढाइमा प्रगति हुने तथा नतिजा तपाईं आफ्नै पोल्टोमा पर्नेछ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरु बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ । तर पनि लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु,
लाभस्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानी गरी मनग्य नाफा कमाउन सकिनेछ भने सरकारी स्रोत साधन प्रयोग गर्न पाइने योग रहेकोछ । पैत्रिक धन तथा सम्पत्ति हातलागी हुने योग रहेको छ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ । प्रेममा सामीप्यता बढेर जाने ग्रहयोग रहेको छ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु
नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुदा मानशिक तनाव बढ्नेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । माया प्रेममा आफ्नो मायालुसँग मनमुटाव बढ्नेछ । आफ्नोभन्दा पनि अरुकै कामको लागि दिनभर व्यस्त रहँदा आफ्नो काम थाँती रहनेछ । व्यापार व्यावसायमा लगानी गर्न केही समय पर्खनु उचित हुनेछ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
लामो दूरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक काम गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन गर्नुपर्ने समय रहेको छ । व्यापार व्यावसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपार्ईं अरुभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काम गर्दा ख्याल गर्नुहोला, सुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनुपर्ने बाध्यता आउनेछ । प्रणयसम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवनसाथीको सहयोग नपाउँदा काम थाँती रहनेछन् । पढाइलेखाइ अधुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, अप्रिय घट्ना हुन सक्छ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यापार व्यावसायमा नाफा कमाउन बढी नै सङ्घर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपूर्ण हुनसक्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुँदा मनमा अशान्तिले गतिलो डेरा जमाउनेछ । पारिवारिक सम्बन्ध तथा पतिपत्नीबीचको सम्बन्धमा केही खल्लो अनुभूति भएको महसुस हुनेछ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पतिपत्नीबीच मनमुटाव बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । गोप्य कुरा बाहिर आउने अधिक सम्भावना रहेको छ । धन सम्पत्ति तथा अचल सम्पत्ति हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला । न्यायालयबाट हुने निर्णयहरु तपार्ईंको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भावना रहेको छ।