Sunday, April 19News That Matters

मनोरञ्जन

गजल – परशुराम घिमिरे `निदान´

गजल – परशुराम घिमिरे `निदान´

Breaking news 1, मनोरञ्जन
तिमी चट्ठान रहेछौ भनी लेखेको प्रेम पत्र खोज्दैछुनिष्ठुरी प्रेमीहरू बीच गरिएको सोध पत्र ख‍ज्दैछु अन्तिम बेला मायाँ पलायो त म के गरुँ भन ?तिमीेले  हस्ताक्षर नगरि छोडेको छोडपत्र खोज्दैछु कति रात र कति दिन पिरलियौ यादमा हेक्का छैनमसि नबन्दै रगतले कोरिएको भोज पत्र खोज्दैछु तिमीले प्रेमिल मैदान पाउन  कयौँ आरोह पार गर्यौप्रेम नै होईन र यो कहाँ छौ भएको अलपत्र खोज्दैछु सोध पत्र त फेल भै दियो हेर! म हारेँ तिम्रो प्रेममाके लेख्यौ  चट्टान रसाउने  त्यो ?अन्तिम पत्र खोज्दैछु         - परशुराम घिमिरे ``निदान´´           हेटौडा , मकवानपुर...
रमेश पाठक र रचना रिमालको स्वरमा ‘मायाकै पिर’ सार्वजनिक (भिडियोसहित)

रमेश पाठक र रचना रिमालको स्वरमा ‘मायाकै पिर’ सार्वजनिक (भिडियोसहित)

Breaking news 1, मनोरञ्जन
काठमाडौं । रमेश पाठक र रचना रिमालको स्वरमा रहेको गीत ‘मायाकै पिर’ सार्वजनिक भएको छ । रमेश पाठककै शब्द, सङ्गीत, नारायण दङ्गालले सङ्गीत संयोजन र प्रदिप जोशीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीत तथा भिडिओसँग सम्बन्धित कलाकार एवम् प्राविधिकहरूको उपस्थितिमा अनामनगरस्थित वेभ स्टुडियोमा आयोजित अनौपचारिक कार्यक्रम पछि गीतको भिडिओ सार्वजनिक गरिएको थियो । गीत वेभ स्टुडियोका प्राविधिक समिर कार्कीले रेकर्ड गर्नुभएको हो । कृष्ण रसालको निर्देशन/कोरियोग्राफी रहेको गीतको भिडियोमा शिला गजुरेल र साजन नेपालको अभिनय छ । भिडियोलाई योगेश दाहालले छायांकन गर्नुभएको भिडियोमा दिन्शन शाहको सम्पादन एवम् कलर रहेको छ । गीतमा एक अर्कालाई अगाध माया गर्ने जोडीका प्रेमिल भावहरू व्यक्त भएका छन् । असीमित प्रेम र समर्पणले भरिएको यस गीतमा आफूले हृदयबाट प्रेम गरेको मान्छे जीवनका हरेक पलमा कस...
कमल प्रसाद शर्माको निर्माण रहेको ‘ केही प्रितका कुरा ’ काे म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित )

कमल प्रसाद शर्माको निर्माण रहेको ‘ केही प्रितका कुरा ’ काे म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित )

मनोरञ्जन
निराज रानाभाट, काठमाडौं : सबिन कुमार तोलाङ्गीको निर्देशनमा ‘ केही प्रितका कुरा ’ को गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायिका माण्डबी त्रिपाठी र गायक राजन श्रेष्ठको सुमधुर स्वर रहेको छ। उक्त गीतको शब्द / संगीत एरेन्ज तथा मिक्सिङ्ग बिपिन आर्चायको रहेको छ, भने निरज ओलीको रेकर्ड रहेकाे गीतमा एम बि रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ । कमल प्रसाद शर्माको निर्माण रहेको म्युजिक भिडियोमा चर्चित मोडल आयुस्मा कार्की र दिपेन खड्काको अभिनय रहेको छ, जसमा प्रबिन थापाले कोरियोग्राफी गरेका छन । काठमाडौंको विभिन्न सुन्दर स्थानहरुका छायांकन गरिएको म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका छन, भने सह - निर्देशन बिकल क्षेत्रीकाे रहेकाे छ । त्यसैगरी, सह - छायांकार रञ्जीत तिमिल्सीना रहेका छन, भने श्रींगारमा अनिमेस र सन्तोषी आर्चाय रहेका छन् । त्यस्तै, प्रोडक्सन म्यानेजरमा भुवन श्रेष्ठ र ...
सबिन कुमार तोलाङगीको निर्देशनमा ‘ बाँसुरीकाे धुन ’ सार्वजनिक ( भिडियोसहित )

सबिन कुमार तोलाङगीको निर्देशनमा ‘ बाँसुरीकाे धुन ’ सार्वजनिक ( भिडियोसहित )

मनोरञ्जन
काठमाडौं । सबिन कुमार तोलाङगीकाे निर्देशन रहेको ‘ बाँसुरीकाे धुन ’ को म्युजिक भिडियोको सार्वजनिक गरिएको छ । उक्त गीतमा चर्चित गायिका सुमन थापामगर र गायक रमेश भुसालको आवाज रहेको छ । उक्त गीतमा रमेश भुसाल र सीता गिरीकाे शब्द रहेको छ, भने रमेश भुसालकाे संगीत रहेको छ । जसमा चर्चित मोडल आयुस्मा कार्की, रेशम गुरुङ, दिनेश सिग्देल, अजय रोक्का र आस्था श्रेष्ठको अभिनय देख्न सकिन्छ । पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा एरेन्ज तथा मिक्सिङ्ग महेश विक्रम पाण्डेको रहेको छ । उक्त म्युजिक भिडियोकाे छायांकारमा विरेन्द्र परियार रहेका छन, भने ड्रोन अपरेटरमा आयुस पोख्रेल रहेका छन । उक्त गीतको भिडियो निर्मातामा कमल प्रसाद शर्मा र इश्वरी प्रसाद अधिकारी रहेका छन् । उक्त गीतको उत्पादन प्रबन्धकमा भुवन श्रेष्ठ रहेका छन । गीतमा सम्पादन / कलर / प्रचारप्रसार विशाल नाथ योगीले गरेका छन, भने मिडिया संयोजकमा...
रामजी रानाभाटको संगीत रहेको गीत ‘ आँसु ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

रामजी रानाभाटको संगीत रहेको गीत ‘ आँसु ’ को म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

मनोरञ्जन
निराज रानाभाट, काठमाडौं । रामजी रानाभाटको संगीत रहेको गीत ‘ आँसु ’ को म्युजिक भिडियोको आइतबार सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायिका रचना रिमालको स्वर रहेको छ । गीतमा मिरा तिमिल्सिनाको रचना तथा निर्माण रहेको म्युजिक भिडियोको निर्देशन सबिन कुमार तोलाङगीले गरेका छन । जसमा चर्चित मोडल आयुस्मा कार्की, रेशम गुरुङ, दिनेश सिग्देल, बिवेक रानाभाट र बरुण तिमिल्सिना लगायतले अभिनय गरेका छन् । काठमाडौंको गागलफेदीको विभिन्न रमणीय स्थानहरुमा छायांकन भएको म्युजिक भिडियोमा छायांकार प्रकाश खड्काको रहेका छ, भने मुख्य सहायक निर्देशन कमल प्रसाद शर्मा र सह - निर्देशन बिकल क्षेत्रले गरेका छन । त्यसैगरी, उक्त गीतको कोरियोग्राफी याम गुरुङकाे रहेको छ, भने व्यवस्थापन देव बहादुर गुरुङले गरेकोले छन । मेकपमा सन्तोषी आचार्य र सहयाक क्यामेरा रञ्जित तिमिल्सिना साथै ड्रोन आयुस पोख्रेल रहेका छन। आलप स्टुडियोमा रे...
प्रचण्ड गौतमका २ मुक्तक

प्रचण्ड गौतमका २ मुक्तक

मनोरञ्जन
मुक्तकतिमिले नबुझेको सहि खत गहिरो पाएँसाच्चै एकोहोरो प्रेमको लत गहिरो पाएँबुझ्छु भन्थ्यो बुझाउछु भन्थ्यो कुनै समयभत्काउने र बिथोल्ने जगत गहिरो पाएँ! मुक्तकप्रतीक्षामा मिठो वचन पाएँ आफैँलाई दु:ख लाग्छमुश्किलले यो मनबाट हटाएँ आफैँलाई दु:ख लाग्छचाहना त कहाँ नभएको हो र तिमिलाई पाउनेहो, अवसर आउँदा गुमाएँ आफैँलाई दु:ख लाग्छ! प्रचण्ड गौतम...
गजल : परशुराम घिमिरे निदान

गजल : परशुराम घिमिरे निदान

मनोरञ्जन
नयाँ साल नयाँ मिसाल बनोस् मेरो कामनानयाँ जोश अझ विशाल बनोस् मेरो कामना घुम्दैछन् उही बार गते बेला र समय रेखाहरूउब्जियोस् सद्भावको खाल बनोस् मेरो कामना उमङ्गका तरङ्गले रंङ्गिउन् आशा फुल्ने फाँटहरूहलपल खुसिको ताल बनोस् मेरो कामना मृत्यु त जन्मँदै तय भएको हो कर्मले फेरीपनिमृत्यु जित्ने भावनाको ढाल बनोस् मेरो कामना आफ्नै कर्मले बनाउँछ खुसि र निरास मान्छेलाईआफू हाँस्दै हँसाउने हाल बनोस् मेरो कामना ! परशुराम घिमिरे निदानवागमती प्रदेश , मकवानपुर ।...
‘चौथो जिनियस म्युजिक अवार्ड’को आवेदन खुला

‘चौथो जिनियस म्युजिक अवार्ड’को आवेदन खुला

ट्रेन्डिङ, मनोरञ्जन, समाचार
आवेदन अनलाइनबाट दिन सकिने काठमाडौं |  पछिल्लोपटक गीतसंगीत तथा कला/साहित्यको क्षेत्रमा बिभिन्न अवार्ड हुदै आइरहेका छन् । यसै सन्धर्भमा विगत लामो समयदेखि हुदै आएको  जिनियस म्युजिक अवार्डको चौथो संस्करणका लागि पनि आयोजकले आवेदन खुला गरीसकेको छ । ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा, सांगीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु जिनियस म्युजिक अवार्डको मूल उद्देश्य रहेको जनाइएको छ । जिनियस म्युजिक प्रा.लि.ले आफ्नो आफ्नो स्थापनाको दशौं वर्ष पूरा गरेको सु-अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड-२०७५’ सम्पन्न गरेको थियो । यस संस्थाले आफ्नो हरेक वार्षिकोत्स...
अजय गोले `अन्जान´का ४ मुक्तक

अजय गोले `अन्जान´का ४ मुक्तक

मनोरञ्जन
मुक्तक -१भेला गरेर गाउँले दाजुभाइ देखाउन मन छएकएक   गरी   सबैलाई  देखाउन  मन  छमलाई सुक्को धरी नपत्याउनेहरुको अगाडिम  पनि  टन्नै पैसा  कमाइ  देखाउन  मन छ मुक्तक -२झुठो बोली  कुरा  छल्न मलाईनी सिकाइदेउजता  फाईदा  उतै चल्न मलाईनी सिकाइदेउबरु तिम्रै नाममा मेरो घर नामसारी गरिदिउलाछेपारो  झैँ  रङ्ग  बदल्न  मलाईनी  सिकाइदेउ मुक्तक -३बाहिर  नदेखिने  भित्री  दुखाई  कसरी सुनाऊमेरो यो निर्दोष मन रुवाईरुवाई कसरी सुनाऊम आफ्नो पीडा आफैंलाई त सुनाउन सक्दिनभन्नुस न महोदय म तपाईंलाई  कसरी सुनाऊ मुक्तक -४दुब्लाइ होलि फलफुल मासु उपहार दिन मन छमेरि  आमा  उनलाई  सासू  उपहार दिन मन छअरु त खै  के  दिनु   र  मेरो  प्यारो&...
अञ्जु पन्त र रमेश पाठकको ‘सातै शुरमा’ सार्वजनिक( भिडियोसहित )

अञ्जु पन्त र रमेश पाठकको ‘सातै शुरमा’ सार्वजनिक( भिडियोसहित )

मनोरञ्जन
काठमाडौं । चर्चित  गायिका अञ्जु पन्त र गायक रमेश पाठकको स्वरमा रहेको आधुनिक युगल गीत ‘सातै शुरमा’ को भिडिओ सार्वजनिक भएको छ ।  अनामनगरस्थित वेभ स्टुडियोमा गायक पाठककै अफिसियल युट्युब च्यानल Ramesh Pathak Official मार्फत सार्वजनिक गरिएको हो । लोक राईको शब्दरचना, हरि लम्सालको सङ्गीत, गोपाल रसाईलीको सङ्गीत संयोजन र श्यामश्वेत रसाईलीको मिक्सिङ र माष्टरिङ रहेको गीत प्रेमी जोडीको एक अर्काप्रतिको प्रेम समर्पण भावमा रहेको छ । कुलेखानी र वरपरका रमणीय स्थानमा छायाङ्कन गरिएको यो भिडिओमा गायक रमेश पाठककै निर्देशन र कृष्ण रसालको कोरियोग्राफी रहेको छ ,जसमा साजन नेपाल र एलिना गुरुङले प्रेमी जोडीका रुपमा अभिनय गरेका छन् भने योगेश दाहालको सिनेम्याटोग्राफी र दिन्शन शाहको दृश्य तथा कलर सम्पादन रहेको छ । भिडिओ सार्वजनिक कार्यक्रममा गीत तथा भिडिओसँग सम्बन्धित सर्जक र कलाकार र केही सञ्चारकर्मीहरुको उप...