सबिन कुमार तोलाङगीको निर्देशनमा ‘ बाँसुरीकाे धुन ’ सार्वजनिक ( भिडियोसहित )

काठमाडौं । सबिन कुमार तोलाङगीकाे निर्देशन रहेको ‘ बाँसुरीकाे धुन ’ को म्युजिक भिडियोको सार्वजनिक गरिएको छ । उक्त गीतमा चर्चित गायिका सुमन थापामगर र गायक रमेश भुसालको आवाज रहेको छ । उक्त गीतमा रमेश भुसाल र सीता गिरीकाे शब्द रहेको छ, भने रमेश भुसालकाे संगीत रहेको छ ।

जसमा चर्चित मोडल आयुस्मा कार्की, रेशम गुरुङ, दिनेश सिग्देल, अजय रोक्का र आस्था श्रेष्ठको अभिनय देख्न सकिन्छ । पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा एरेन्ज तथा मिक्सिङ्ग महेश विक्रम पाण्डेको रहेको छ । उक्त म्युजिक भिडियोकाे छायांकारमा विरेन्द्र परियार रहेका छन, भने ड्रोन अपरेटरमा आयुस पोख्रेल रहेका छन । उक्त गीतको भिडियो निर्मातामा कमल प्रसाद शर्मा र इश्वरी प्रसाद अधिकारी रहेका छन् । उक्त गीतको उत्पादन प्रबन्धकमा भुवन श्रेष्ठ रहेका छन ।

गीतमा सम्पादन / कलर / प्रचारप्रसार विशाल नाथ योगीले गरेका छन, भने मिडिया संयोजकमा निराज रानाभाट रहेका छन। मेकपमा सन्तोषी आचार्य र अन्मेश रहेका छन । गीतको मिडिया पार्टनरमा जन अपडेट, भिजन न्यूज नेपाल, चित्रवन खबर, नारायणी प्रेस, साझा मसी, भानु खबर, कृषि पत्रिका लगायत अन्य विभिन्न मिडिया रहेका छन् ।

भिडियो :