Friday, April 24News That Matters

राजनीति

द्वन्द्वकालका मुद्दा अदालतमा दर्ता हुनु शान्ति सम्झौताविपरीत : उपाध्यक्ष सापकोटा

द्वन्द्वकालका मुद्दा अदालतमा दर्ता हुनु शान्ति सम्झौताविपरीत : उपाध्यक्ष सापकोटा

Breaking news 1, राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएको बताए । शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने बताए । ‘यो मुद्दाको कुरा २०६३ साल मंसिर ५ गते नेपाल सरकार र माओवादीका बीचमा भएको विस्तृत शान्ति सम्झौताको विपरीत छ,’ उनले भने, ‘त्यहाँ स्पष्ट भनिएको छ, यी विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने भनिएको छ । गठन भएको छ । त्यसले काम पनि...
उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

Breaking news 2, राजनीति
काठमाडौँ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिने जानकारी दिएको छ ।  उपराष्ट्रपति  पदमा  उम्मेदवारी  दिने  व्यक्ति  वंशजका  आधारमा  नेपाली  नागरिक  भएको,  कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम  समावेश  भएको,  कुनै  सङ्घीय  कानुनले  अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ ।  उम्मेदवारी दिनेले पाँच जना समर्थक र  पाँच  जना  प्रस्तावक  जुटाउनुपर्नेछ  ।  राष्ट्रपति  र ...
एकिकृत अखिल नेपाल शिक्षक संगठन हरिवनको अध्यक्षमा महतो चयन

एकिकृत अखिल नेपाल शिक्षक संगठन हरिवनको अध्यक्षमा महतो चयन

Breaking news 1, राजनीति
प्रेमनाथ पाैडेल , हरिवन । सर्लाहीको हरिवन मा सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठन को हरिवन नगर कमिटि अध्यक्षमा राम बिश्वाश महतो सर्ब सम्मत चयन भएका छन ।नेपाल कम्युनिस्ट पार्टि माओबादि केन्द्र निकट शिक्षकहरु को छाता संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनको हरिवन नगरकमिटि को अध्यक्ष मा महतो सर्ब सम्मत चयन भएका हुन । संगठन का नगर संयोजक श्री प्रसाद स्याङ्गतान को अध्यक्षता एवम हरिवन नगरपालिका का प्रमुख रमेश बुढाथोकि( कमल )को प्रमुख आतिथ्यता मा हरिवन १ पटौना स्थित प्राथमिक बिधायल को प्राङ्गण मा भएको नगर शिक्षकहरु को भेला ले महतो को अध्यक्षता मा ११सदस्य नगर कमिटि सर्ब सम्मत चयन गरेको हो ।नव गठित कमिटि को उपाध्यक्षमा मुना बुढाथोकि सचिब टिका भण्डारी सहसचिब रामकुमारी श्रेष्ठ सदस्यहरुमा हरिप्रसाद सापकोटा  बिप्रहरि दाहल ,तिर्थराज पौडेल ,सुन्देश्वर ठाकुर ,नानिमैया पराजुलि ,शिब कुमारी दाहल ,र र...
राष्ट्रपतिमा कांग्रेसका पौडेललाई आम जनता पार्टीले सघाउने

राष्ट्रपतिमा कांग्रेसका पौडेललाई आम जनता पार्टीले सघाउने

Breaking news 2, राजनीति
सर्लाही | फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा आम जनता पार्टीले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने भएको छ । पौडेलले आज राष्ट्रपति पदमा मनोनयन दर्ता गराएपछि आम जनता पार्टीले उनलाई समर्थन रहने विषयको जानकारी दिएको थियो । पार्टीले एक विज्ञप्ति जारी गर्दै ञसंघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको चौंथो राष्ट्रपति पदका लागि कांग्रेसबाट रामचन्द्र पौडेलज्यू र नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले मनोनयन दर्ता गराएकोमा आम जनता पार्टीले पौडेललाई सघाउने जानकारी दिएको छ । साथै, पौडेल राष्ट्रिय एकताको साझा प्रतीक बन्दै देश र जनताको सर्वोपरि हित बमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछन् भन्नेमा आम जनता पार्टी विश्वस्त रहेको पार्टीका प्रचार प्रसार विभाग प्रमुख चन्द्र भुषण साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तो...
मैले २ महिनामै तितो अनुभव गरेँ : प्रधानमन्त्री प्रचण्ड

मैले २ महिनामै तितो अनुभव गरेँ : प्रधानमन्त्री प्रचण्ड

Breaking news 1, राजनीति
काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो २ महिनामा आफूले तितो अनुभव गरेको बताएका छन्। महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। ‘सबैभन्दा सहज कोर्श र प्राकृतिक कोर्श के हुनसक्छ भन्दा १२ बुँदे समझदारीहरू, शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरु, संविधान घोषणा गर्दा समावेशी लोकतन्त्रका मान्यताहरुमा जो सहमत भएका छौं,’ प्रचण्डले भने, ‘ती शक्तिहरु मिलेर अघि बढेर मात्र देशलाई विकास र समृद्धि दिनसक्छ।’ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न सक्ने शक्तिहरुसँगको सहकार्यले मात्र देशको विकास हुने प्रचण्डको भनाई छ। ‘मैले २ महिनाभित्रै त्यो तितो अनुभव गरेँ। हिजो ऐतिहासिक रुपमा भूमिका खेलेका शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू एक हुनुपर्छ,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘गिरिजाप्...
राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न,दलहरुको आज निर्णायक वार्ता

राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न,दलहरुको आज निर्णायक वार्ता

राजनीति
काठमाडौं | राष्ट्रपति पदको साझा उम्मेदवार चयन गर्न सक्रिय राजनीतिक दलका शीर्ष नेताहरुको आज निर्णायक वार्ता हुँदैछ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्नेछन् । त्यसअघि नेपाली कांग्रेससँग पनि वार्ताको तयारी छ । जसपाका नेता राजेन्द्र श्रेष्ठले आज बिहान कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी भइरहेको जानकारी दिए । हिजो माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको हो । आजको बैठकले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन ब्यूँताउने तयारीलाई औपचारिकता दिने नेताहरु बताउँछन् । कांग्रेससहितको बैठक राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्ने र पुरानो सत्ता गठबन्धन व्युँताउने विषयमा केन्द्रि...
नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

Breaking news 2, राजनीति
काठमाडौँ l नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन्।  उपप्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनसहित अन्य दलका मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन्। नेकपा एमालेबाट एक राज्यमन्त्रीसहित ८ जना मन्त्री बनेका छन्। त्यस्तै, माओवादी केन्द्रबाट एकजना राज्यमन्त्रीसहित र प्रधानमन्त्रीसहित ५ जना मन्त्री बनेका छन्।  त्यस्तै, राप्रपाबाट एक राज्यमन्त्रीसहित ३ मन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री बनेका छन्। शपथ लिएका मन्त्रीहरु एमालेबाट १. विमला राई पौडेल-परराष्ट्रमन्त्री २. पदम गिरी-स्वास्थ्य मन्त्रालय ३. भगवती चौधरी-महिला बालबालिका     ४. हरि उप्रेती-रक्षा मन्त्रालय माओवादीबाट १. रेखा श...
नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो १ बजे

नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो १ बजे

Breaking news 3, राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा भागबन्डाको टुंगो लागे पछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजे हुने तय गरिएको छ ।  सत्ता साझेदार दलको सोमबार राति सम्पन्न बैठकले मन्त्रालयको भागबण्डा टुंगो लगाएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुला भएको हो ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको गृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भागबण्डा टुंगिएसँगै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको बताए । उनका अनुसार मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय भएको छ ।  ‘कुन कुन पार्टीले कुन कुन मन्त्रालय लिने भनेर टुंगिएको छ । बाँडफाँट टुंग्याएका छौं । भोलि एक बजे अघि टुंग्याउँछौ । केही परिवर्तन भएछ भने सल्लाहमा...
घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्य मनोनीत

घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्य मनोनीत

राजनीति
काठमाडौं | हिजो मात्र नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका घनश्याम भुसाललाई पार्टीले केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेको छ। शनिबार बिहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको हो। भुसाल गत मंसिर ४ को निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार बनेका थिए। नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पछि उनलाई नेकपा माओवादी केन्द्रसहित तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो।  तर, उनी एमालेकै उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए।...
प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल

प्रचण्ड र ओलीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल

राजनीति
काठमाडौं |  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा कुराकानी भएको उनीहरु निकटका नेताहरुले बताएका छन् । सत्ता साझेदार दलहरुबीच भागवण्डामा कुराकानी नमिल्दा संघीय सरकार र प्रदेश सरकार विस्तार हुन सकेको छैन । प्रचण्ड नेतृत्वको संघीय सरकारका केही मन्त्रीहरु विना विभागीय हैसियतमा छन् भने प्रदेशमा पनि धेरै मन्त्रीको मन्त्रालय तोकिएको छैन ।...