Saturday, April 18News That Matters

घनश्याम भुसाल नेकपा एसको सचिवालय सदस्य मनोनीत

काठमाडौं | हिजो मात्र नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका घनश्याम भुसाललाई पार्टीले केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेको छ।

शनिबार बिहान बसेको एकीकृत समाजवादीको बैठकले नेता भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको हो।

भुसाल गत मंसिर ४ को निर्वाचनमा रुपन्देही १ बाट उम्मेदवार बनेका थिए। नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पछि उनलाई नेकपा माओवादी केन्द्रसहित तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो।  तर, उनी एमालेकै उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए।