राष्ट्रपतिमा कांग्रेसका पौडेललाई आम जनता पार्टीले सघाउने

सर्लाही | फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा आम जनता पार्टीले नेपाली कांग्रेसबाट उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने भएको छ । पौडेलले आज राष्ट्रपति पदमा मनोनयन दर्ता गराएपछि आम जनता पार्टीले उनलाई समर्थन रहने विषयको जानकारी दिएको थियो ।

पार्टीले एक विज्ञप्ति जारी गर्दै ञसंघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको चौंथो राष्ट्रपति पदका लागि कांग्रेसबाट रामचन्द्र पौडेलज्यू र नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले मनोनयन दर्ता गराएकोमा आम जनता पार्टीले पौडेललाई सघाउने जानकारी दिएको छ ।

साथै, पौडेल राष्ट्रिय एकताको साझा प्रतीक बन्दै देश र जनताको सर्वोपरि हित बमोजिम आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछन् भन्नेमा आम जनता पार्टी विश्वस्त रहेको पार्टीका प्रचार प्रसार विभाग प्रमुख चन्द्र भुषण साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति :-