हरिवनमा आगाली हुँदा करिव २१ लाख बराबरको क्षति

सर्लाही । सर्लाहीको हरिवनमा मंगलवार दिउँसो आगाली हुँदा करिव २१ लाख बराबरको क्षति भएको छ । हरिवन नगरपालिका वडा नम्बर २ पाकरगाछि बस्ने मनहरी मैनालीको २ तल्ले काठको घरमा बिद्युत सर्ट भई आगो लागेको थियो ।

मध्यान्ह १२ बजे लागेको आगो नेपाल प्रहरी, हरिवन नगरपालिकाको दमकल र स्थानियको सहयोगमा करिव आधा घण्टापछि नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । आगलागीबाट मानविय तथा चौपायाको क्षति नभएपनि घरसहित लत्ताकपडा, भाँडावर्तन, अन्नपात, फर्निचर र नगद २ लाख रुपैँया पनि आगोमा जलेर नष्ट भएको छ ।

आगलागीबाट २० लाख ९५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।