नाढीमन तालको विकास र संरक्षणको लागी चन्द्रनगर गाउँपालिकाले गर्न थाले चरणवद्ध संवाद

चन्द्रनगर । चन्द्रनगर गाउँपालिकाले नाढीमन ताललाई मौलिक, प्राकृतिक, सुन्दर, व्यवस्थित र पर्यटकीय बनाउन सर्वपक्षीय रुपमा सल्लाह सुझाव लिन चरणवद्ध रुपमा संवाद शुरु गरेका छन् ।

सर्वपक्षीय रुपमा लिएका सल्लाह सुझाव तथा जनताका विच जाहेर गरेका प्रतिवद्धता तथा सवै विकास र जनजिविका सवालहरुलाई यथोचित विकास गदै चन्द्रनगर गाउँपालिकालाई समृद्धि र सम्मुनत रुपमा रुपान्तरण गरि सुविधा युक्त पर्यटकिय गाउँपालिकाको रुपमा विकास गर्न प्रतिवद्धता सहित चरणवद्ध रुपमा संवाद शुरु गरिएको गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले जनाए ।

चन्द्रनगर गाउँपालिकाले शुरु गरेका चरणवद्ध संवाद कार्यक्रममा सहभागी सर्वपक्षीय व्यक्तिहरुले सुझाव दिदै सम्बन्धित विषयको विज्ञ समेतको भेला गराई गुरु योजना निमार्ण गरी सौन्दर्यकरण तथा पुर्वाधार निर्माण गरी यस क्षेत्रको पर्यटकीय स्थलको रुपमा विकास गर्न उच्च प्राथमिकतामा राखी हाम्रो गाउँपालिकाको सौभाग्य र गहनाको रुपमा रहेका सयौं वर्ष पुरानो प्राकृतिक नाढीमन तालको विकास, संरक्षण र प्रवर्दन गरि यसलाई राष्टिय, अन्तर राष्टिय पर्यटकहरुको रोजाई पार्न दुर्त गति र उच्च प्राथमिकताका साथ रणनिती कार्य अगाडी बढाई कार्य गरिने प्रतिवद्धता जनाए ।
नाढीमन ताललाई ऐतिहासिक, सांस्कृतिक, पुरातत्व, जलाधार, सिचाई, सम्पदा, धार्मिक दृष्टिकोणले मौलिक शैलीमा विकास र भौतिक क्षेत्र बिस्तार गरी यसको सौन्दर्यीकरण गरिनेछ ।

नाढीमन ताल सित जोडिएका तालतलैया, नदि खोला, बास स्थान, कार्यालय, मन्दिर र बजार सहित समग्र नाढीमन तालको उल्लेखनिय विकास गरी नेपाल भारत लगायत विश्व भरीका सम्पूर्ण समुदाय, धर्म र वर्गको कुल देवताको विशिष्ट प्रतिमा सहितको मन्दिर लगायतको आवश्यक संरचना लगभग २० विगहा क्षेत्रफलमा निर्माण गरी चन्द्रनगर गाँउपालिकामा विश्वमा कहि पनि नभएको नविनतम पर्यटकीय स्थल निर्माण गरिनेछ । यसले चन्द्रनगर गाँउपालिकाका नागरिकको रोजगारी र व्यवसायमा उल्लेख्य अभिवृद्धि गरी आर्थिक उन्नती र जीवन स्तर उकासनमा योगदान गर्ने अध्यक्ष राज कुमार महतोले बताए ।