धनुषा । भारतीय सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार राति ९ बजे ढल्केवर-जनकपुर सडकखण्ड अन्तर्गत बसही पुल नजिक भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
भारतीय सवारीले ठक्कर दिएपछि घाइते भएका मिथिला नगरपालिका-१ ढल्केवरका ३६ वर्षीय शिवलाल यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिएनुभयो ।
उनका अनुसार जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको ज९प ९४३५ नम्बरको मोटरसाईललाई बिआर ०१ जेए ९७७० नम्बरको भारतीय कारले ठक्कर दिएको थियो ।