माओवादी अध्यक्ष दाहाल र बाबुरामबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

आज माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्र निर्माणका लागि बृहत् छलफल गर्नेबारे कुराकानी भएको हो ।

छलफलमा एकीकृत समाजवादीका नेताहरूको पनि सहभागिता रहेको बताइएको छ ।

दुई नेताको छलफलपछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि आजै छलफलको तयारी छ ।

चुनावी तालमेल, जसपा नेपालबाट अलग भएका बाबुरामसँग सहकार्य लगायतका विषयमा भेटमा छलफल हुने बताइएको छ ।