Tuesday, August 16, 2022
More
    गृहपृष्ठस्वास्थ्यनेपालमा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना पुष्टि, थप दुईको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोना पुष्टि, थप दुईको मृत्यु

    - Advertisement -

    काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३हजार ८८८ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार २ हजार ३६० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ३ जना र १ हजार ५२८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २५ हजार ११४ पुगेको छ ।

    योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ३१ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ३ हजार १७७ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

    त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुईको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५६ पुगेका छन् ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ९५ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !