Tuesday, August 16, 2022
More
    गृहपृष्ठसर्लाही बिशेशधनकौलमा ट्याक्टरको ठक्करबाट एक युवकको ज्यान गयो

    धनकौलमा ट्याक्टरको ठक्करबाट एक युवकको ज्यान गयो

    - Advertisement -

    धनकौल । सर्लाहीको धनकौलमा ट्याक्टरको ठक्करबाट एक युवकको ज्यान गएको छ । धनकौल गाउँपालिका २ स्थित मधुवनी सडकखण्डमा गिट्टि लोड गरेको ट्याक्टरको ठक्करबाट स्थानिय २२ बर्षिय रमेश कुमार यादवको ज्यान गएको हो ।

    ना ७ त १७३५ नम्बरको ट्याक्टरले मानपुरबाट बिर्तातर्फ आउँदै गरेको बिआर ३० क्यु ४१०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका यादवलाई उपचारका लागी मेडिसिटि बयोधा अस्पताल वीरगंजमा रेफर गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
    यादवलाई ठक्कर दिने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

    चालक भने फरार रहेकाले खोजी भईरहेको र हालसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिनुभयो ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !