वर्षमा झण्डै ३ करोडको दाँत कोट्याउने सिन्का आयात

काठमाडौं । नेपालमा दाँत कोट्याउने सिन्काको आयात यो वर्षमा झन् बढेको छ । एक वर्षमा नेपालमा २ करोड ७१ लाख मूल्यको ‘टूथ पिक्स’ आयात भएको हो । भन्सार विभागको तथ्यांक अनुसार एक वर्षमा ८ लाख ८६ हजार किलो टुथ पिक आयात भएको हो । यसबाट सरकारले ८३ लाख रुपैयाँ राजस्व असुल गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ नेपालमा २ करोड ३ लाख मूल्यको ७ लाख ७२ हजार किलो ‘टूथ पिक्स’ आयात भएको थियो । विभिन्न देशबाट नेपालमा दाँत कोट्याउने सिन्का आयात हुने गरेको छ ।

नेपालमा यस्ता ‘टुथ पिक्स’ बनाउने उद्योगहरु स्थपना हुन नसक्दा वर्षैसाल यस्तो वस्तुको आयात बढेको छ । चीन, भारत, थाइल्यान्डबाट टुथ पिक्स आयात हुने गरेको छ ।