जिल्लाकै पहिलाे क्याम्पसलाई हरिपुर नगरपालिकाकाे सहयाेग

राजाबाबु मिकरानी, मलंगवा । जिल्लाको पहिलो क्याम्पस सर्लाही क्याम्पसलाई हरिपुर नगरपालिकाले फर्निचर सामाग्री सहयोग गरेको छ ।

नगर प्रमुख गोपाल पंजियार, निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनय पौडेल, प्रशासन ,जिन्सि प्रमुख रुपलाल देवकोटा, लेखा प्रमुख भुपेन्द्र कुमार सिंह लगाएको टोलीले सर्लाही क्याम्पसमा पुगरे फर्निचरका सामाग्री क्याम्पसलाई हस्तान्तरण गर्नु भएकाे हाे ।

नगरपालिकाले ३ थान कुर्सि, ३ थान टेबल र २ थान स्टिल दराज प्रदान गरेको हरिपुर नगरपालिकाले सह–लेखापाल राजिव महतोले जानकारी दिनुभयाे ।

नगरपालिकाको नवौं नगरसभामा सर्लाही क्याम्पसले फर्निचर सहयोग माग गरेपछि साेही अनुसार एक लाख रुपैँया बराबरको फर्निचर प्रदान गरिएको नगरपालिकाले जनाएकाे छ ।

क्याम्पसका लागि फर्निचर सामाग्री लिएर पुगेकाे नगर प्रमुख पंजियारकाे टोलीलाई क्याम्पस प्रमुख राजेश प्रसाद यादवले स्वागत तथा सम्मान गर्नु भएकाे क्याम्पस प्रशासनले जनाएकाे छ ।