सर्लाहीको पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु

पर्सा । सर्लाहीको पर्सामा शुक्रबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहान ९ बजे पर्सा गाउँपालिका ६ दक्षिणबारी टोलका ४५ बर्षिय सुवोध झा लाई करेन्ट लागेको हो ।

आफ्नै घरमा रहेको पानी तान्ने मोटर जोड्ने क्रममा करेन्ट लागी घाईते भएका झालाई उपचारका लागी प्रादेशिक अस्पताल मलंगवा पुर्‍याईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार मृत झाको शवलाई आवश्यक कानुनी प्रकृया पुर्‍याएर परिवारलाई जिम्मा लगाईएको छ ।