Saturday, April 18News That Matters

गजल : परशुराम घिमिरे “निदान´´

सताय‍ो नयनले बिहानी कुनैदिन
नचायो रुपैले जवानी कुनै दिन

सुनायो मलाई दिलैमा कसैले
डुबाई रसैमा कहानीे कुनै दिन

चलायो गजब्का सुनौला पहेली
चल्यो सुस्त प्रेमील निसानी कुनै दिन

म डुल्दै हराएँ भुली अाफुबाट
उनकै रहेछ शिरानी कुनै दिन

जवानी नशाको हो कि मात यस्तो
आँखैले गरौंकि छेडखानी कुनै दिन

भिजेका ती केश रेशमी उनैका
खस्यो छाती माझ पानी कुनै दिन ।

  • परशुराम घिमिरे निदान – मकवानपुर