Saturday, April 18News That Matters

गजल l बि पि बिद्रोही

झण्डा गाड लिपुलेकमा लेख देशको नाम
किन चाहियो अयोध्या किन चाहियो राम

नबिराउ नडराउ झुट हटाउ दिमागबाट
किन चाहियो छलकपड किन छलछाम

टाउको दुख्दा निरमसी खाउँ भोक लागे सिस्नो
किन चाहियो हिरामोती किन चाहियो दाम

मकै पिसि रोटो हालौं डोबेर खाउँ नुन खुर्सानी
किन चाहियो पाउरोटी किन चाहियो जाम

नजाउँ परदेश दुख गरे खुसी फल्छ हाम्रै खेतमा
किन चाहियो तातो गर्मि किन चाहियो घाम

भेटेर नै चौतारीमा दुख सुख बाडौंला नि,
किन चाहियो चिठीपत्र किन चाहियो खाम

  • बि पि बिद्रोही