सप्तरीमा करेन्ट लागेर सासु बुहारीसहित तीनको मृत्यु

सप्तरी । सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ। कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने राजगढ गाउँपालिकामा एकजनाको मृत्यु भएको हो ।

सो घटनामा परेर मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार रहेका छन्। उनीहरु नातामा ससुरा–बुहारी हुन्।

इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार अञ्जलीलाई आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो। सात महिनाको गर्भवतीसमेत अचेत अवस्थामा रहेकी बुहारी अञ्जलीलाई बचाउन गएकी सौदानन्दलाई समेत करेन्ट लागेको थियो। दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए।

उता, सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा भने ५६ वर्षीय शिवशङ्कर साहको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको थियो । उनको पनि बुधवार घटनास्थलमा मृत्यु भएको हो ।