सर्लाही । मङ्सिर ४ गते मुलुकमा निर्वाचन घोषणासँगै सर्लाही निर्वाचन क्षेत्र नं.२ (ख)बाट लोकतान्त्रिक समाजवादी पार्टीका संभाबित उम्मेदवार हुसैन खानको नाम चर्चामा रहेको छ ।
जिल्ला उपाध्यक्ष खानले आपनो उम्मेदवारी घोषणा गरे देखि नाम चर्चामा रहको छ । निर्वाचन क्षेत्र नं. २ (ख)को कौडेना गाउँपालिका वडा नं. ५छपकहियाँ निवासि हुसैन यूवाहरु राजनितिमा पछाडि पारीएकोले यूवाहरुको प्रतिनिधित्व गर्न आफुले उम्मेदवारी दिन लागेको बताउनु भयो ।
वहाँले जिल्लाकै पुरानो नगरपालिक मलंगवा पनि यही क्षेत्र पर्ने भएको र मलंगवा समुचित बिकास हुन नसकेको बताउदै हुसैन आफु यस क्षेत्रको समुचित बिकासको लागि अहोरात्र खटने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । हुसैन यस अधि तराई मधेश प्रवासि संघ कतारका संस्थापक अध्यक्ष ,एन.आर.एन कतारका केन्द्रिय महाधिबेसन प्रतिनिधि तथा सल्लाहकार समेत रही सक्नु भएकोछ ।