देशभरका मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह

काठमाडौं । सरकारले देशभर रहेका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह गरेको छ।

सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल’ले शनिबार एक सूचना जारी गर्दै एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको हो। सूचनामार्फत मिटरव्याज पीडितलाई तथ्य प्रमाणसहित अगामी भदौ ५ गतेसम्म उजुरी गर्न आग्रह गरिएको छ।