नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको पाँचौ जिल्ला सम्मेलन सम्पन्न

लालबन्दी । नेपाल कम्युनिस्ट पार्टी सर्लाहीको पाँचौ जिल्ला सम्मेलन सोमबार सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय सदस्य रणवीरको प्रमुख आतिथ्यता तथा जिल्ला सेक्रेटरी कमल सुस्लीङको अध्यक्षतामा सम्मेलन गरिएको हो ।

सम्मेलनका अन्य अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण साह, केन्द्रीय सदस्य मिशन शाही, बारा जिल्ला सेक्रेटरी विक्रम शाही, रौतहत जिल्ला सेक्रेटरी एन वी थापा, विशेष सेक्रेटरी पवन महतो लगाएत रहेका थिए । कार्यक्रममा सहिद परिवार तथा सर्लाही जिल्ला सेक्रेटरी सुस्लिङलाई सम्मान गरिएको थियो ।

भेलाले जनक राउतको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।

सम्मेलन लालबन्दीस्थित १० नम्बर वडा कार्यालयमा गरिएको पार्टीले जनाएको छ ।