Sunday, April 19News That Matters

नेता बानियाँ द्वारा एक युवालाई कृतिम खुट्टा सहयोग


हेटौंडा।नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले हेटौंडाका एक युवालाई कृतिम खुट्टा सहयोग गर्नुभएको छ ।
२०७४ सालमा ट्रक दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका हेटौंडा उपमहानगरपालिका ३ नर्सिङडाँडाका ४१ बर्षिय ईन्द्रबहादुर बस्नेतलाई ७५ हजार रुपियाँ बराबरको कृतिम खुट्टा सहयोग गर्नुभएको हो ।
नेता बानियाँले ‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । मैले कृतिम खुट्टा उपलब्ध गराएर बस्नेतको जीवनमा रूपान्तरण ल्याउने सानो कोशिस गरेको हो । यसले बस्नेतको जीवनमा ठूलो फरक पार्नेछ भन्ने मेरो विश्वास छ ।’
करिब साँढे दुईवर्ष अघि पनि नेता बानियाँले बस्नेतलाई ५० हजारको कृतिम खुट्टा उपलब्ध गराउनुभएको थियो । बस्नेत हाल हेटौंडामा अटोरिक्सा चलाएर जिवन निर्वाह गरिरहेका छन् ।