धरान पुगेर वृक्षरोपण गरे प्रचण्डले

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरानको सर्दु खोलामा पुगेर विक्षरोपण गरेका छन् ।

शुक्रबार दिउँसो धरान पुगेका अध्यक्ष प्रचण्डले सर्दु खोला किनारमा विरुवा रोपेका हुन् । यसअघि धरान उपमहानगरका मेयर हर्क साम्पाङले अध्यक्ष प्रचण्डलाई वृक्षरोपण कार्यक्रममा सरिक हुन आउन आग्रह गरेका थिए ।

सोही आग्रहलाई स्वीकार गर्दै धरान उपमहानरपालिकाको आयोजना र वरिष्ठ जनावादी गायक जेवि टुहुरेको स्मृतिमा अध्यक्ष प्रचण्डले वृक्षरोपण गरेको उनको सचिलालयले जनाएको छ ।