हेटौंडा बसपार्कको तरकारी बजार चौकीटोलमा स्थानान्तरण गरिने

हेटौंडा उपमहानगरपालिका-१० बसपार्कमा रहेको होलसेल तथा खुद्रा तरकारी बजारलाई हेटौंडा १ चौकीटोलमा स्थानान्तरण गरिने भएको छ । उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले स्थानान्तरण गर्ने निर्णय गरेको हो । बसपार्क क्षेत्रमा तरकारी बजारका कारण केहि असहज भएकोले कार्यपालिका बैठकले तरकारी बजार सार्ने निर्णय गरेको नगरप्रमुख लामाले जानकारी दिनुभयो ।

तरकारी बजार सार्नका लागि उपमहानगरपालिकाले १५ दिने सूचना जारी गरेर कार्यान्यनको पाटोमा अघि बढ्ने समेत उहाँले बताउनु भयो ।