१७ लाख नगदसहित पक्राउ परेका धावा कारागार चलान

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ सम्बन्धी कसूरमा एक जना अभियुक्तलाई पर्पक्षका लागि कारागार चलान गरिएको छ ।

१७ लाख नगदसहित साउन १८ गते पक्राउ परेका २४ वर्षीय धावा घ्याल्चेनमाथि थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

उनलाई जगन्नाथदेवल, सुन्धाराको कारागारमा राखिए प्रहरीले जनाएको छ ।