Saturday, April 18News That Matters

करेन्ट लागेर बाबु छोराको मृत्यु

सिरहा | सिरहामा करेन्ट लागेर बाबु छोराको मृत्यु भएको छ।

जिल्लाको गोलबजार नपा-६ ग्रामिण बजरका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमनको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ।

करेन्ट लागेर घाइते दुबै जनालाई उपचारको लागि स्थानीय भुमिजा अस्पताल लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल लहान लैजाने क्रममा बाटोमै उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।