सर्लाहीका ढुङ्गेललाई अजरबैजानमा शैक्षिक पत्रकारिता सम्मान

संचारकर्मी सोनीतराज ढुंगेल अजरबैजानको राजधानी बाकुमा सम्मानित भएका छन । सर्लाही निवासी ढुंगेललाई ग्लोबल टुरिजम कन्फ्रेन्सको कार्यक्रममा संचारको माध्यमबाट शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याए वापत सम्मानित गरिएको आयोजक संस्थाले जनाएको छ । थुप्रै राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड र सम्मानबाट सम्मानित भईसकेका ढुंगेल सफल कार्यक्रम निर्देशकको रुपमा समेत परिचित छन ।

सम्मेलनको आयोजक एवं अजरबैजानको प्रतिष्ठित संस्था समेत रहेको टेम्पो ट्रिप्सका संस्थापक प्रमुख सदागत तहमाजोभाले उनलाई उक्त सम्मान पत्र एवं अजरबैजानको राष्ट्रिय झण्डा अंकित सल ओढाएर सम्मान गरेकी थिईन । सम्मेलनमा नेपालबाट करिब २ दर्जन व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

कोरोना कहरका कारण विश्वभर पर्यटन व्यबसायमा मन्दि भए संगै परेको असरको बारेमा विभिन्न देशका पर्यटन व्यबसायीहरुको सहभागिता रहेको उक्त सम्मेलनमा पर्यटन व्यबसायी वीच पर्यटन व्यबसायमा परेको असर र त्यसका समाधानका उपाय विषयक अन्तरक्रिया समेत गरिएको थियो । उक्त सम्मेलनले मुख्यत अजरबैजान पर्यटनको मुख्य गन्तव्य बन्दै गईरहेको सन्दर्भमा नेपालमा पनि अजरबैजानी पर्यटन भित्र्याउन पहलका विषयमा विशेष छलफल चलेको थियो । अजरबैजानको लोकप्रिय संस्था टेम्पो ट्रिप्सले आयोजना गरेको उक्त सम्मेलनमा नेपाल, अजरबैजान लगायत विभिन्न देशकका पर्यटन व्यबसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सम्मेलनमा बोल्दै आयोजक संस्थाकी प्रमुख सदागत तहमाजोभाले यस सम्मेलनले नेपाल अजरबैजानको पर्यटन प्रवद्र्धनमा विकास र टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

भने, धेरै अजरबैजानीलाई नेपालको वारेमा जानकार नभएकाले पनि नेपाल भ्रमण गर्ने अजरबैजानी पर्यटनको संख्या न्यून रहेको जानकारी दिदै यस सम्मेलनले बुद्धभुमी र सगरमाथाको देशमा अजरबैजानी पर्यटक वृद्धि हुने विश्वास व्यक्त गर्नुभएका थियो । त्यसै गरि अन्य वक्ताहरुले पनि आफ्ना आफ्नो देशको चिनारीका विषयमा प्रष्ट पार्नुभएको थियो । नेपालबाट पत्रकार,कलाकार,समाजसेवी,राष्ट्रसेवक कर्मचारी लगायत करीब २ दर्जन व्यक्तित्वहरुले सहभागिता जनाएका थिए ।

सम्मेलनको अन्तिम दिन नेपालबाट सम्मेलनमा सहभागी चिकित्सा सेवा आयोगका उपसचिव सीताराम कोईराला, वरिष्ठ अधिबक्ता कलम बहादुर खत्री, वरिष्ठ समाजसेवी एवं व्यबसायी राधा देवी पराजुली,स्वास्थ्य व्यबसायी अरुण कोईराला, संचारकर्मी राजेन्द्र लुईटेल,चलचित्र अभिनेता श्रीदेब भट्टराई,संचारकर्मी सोनीत राज ढुंगेल, अर्थविज्ञ माधव निर्दोष,समाजसेवी तथा संचारकर्मी अनिल नगरकोटी,समाजसेवी रन्जिता गुरुङ्ग, ईभेन्ट डाईरेक्टर सन्तोष सुवेदी,फोटो पत्रकार युवराज नेपाललाई आयोजक संस्थाको तर्फबाट पर्यटन प्रबर्द्धन र विकासमा उल्लेख्य योगदान दिए वापत विशेष सम्मान प्रदान गरिएको थियो ।