Sunday, April 19News That Matters

नेपालले एक खेलअघि नै जित्यो केन्याविरूद्धको सिरिज

केन्याविरूद्धको एकदिवसीय अभ्यास सिरिज नेपालले अन्तिम खेलअघि नै आफ्नो पक्षमा पारेको छ। शनिबार भएको दोस्रो खेलमा १६ रनको  जित निकाल्दै नेपालले २-० को अग्रता लिएर सिरिज जितेको हो।

यसअघि शुक्रबार भएको पहिलो खेलमा पनि नेपाल विजयी भएको थियो। अब अन्तिम खेल सोमबार हुनेछ। शनिबार पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छदा २३० रनमा अलआउट भयो।

नेपालका लागि कप्तानको भूमीकामा रहेका रोहितकुमार पौडेलले ७८ रन जोडे। उनले ९५  बलमा ७ चौका हिर्कए। देव खनालले ३७ रन र ज्ञानेन्द्र  मल्लले २५ रनको योगदान गरे।
आदिल अन्सारीले १४ रन जोड्दा सोमपाल कामीले १५ बलमा २६ रन बटुले। करण केसीले पनि ६ बलमा ११ रन जोडे। 

बलिङमा केन्याका एन ओडियाम्बो, विराज पटेल र एनगोचेले २-२ विकेट लिए। 

२३१ रनको लक्ष्य पछ्याएको केन्या ४६.३ ओभरमा २१४ रनमा अलआउट भयो। उसका लागि राखेप पटेलले ८२ रनको योगदान गरे। कोलिन ओबुयाले ३७ रन र ओडियाम्बोले २८ रन बनाए।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए। सोमपाल कामीले ३ विकेट हात पार्दा पवन सर्राफ र करण केसीले १-१ विकेट हात पारे।