Wednesday, April 15News That Matters

दक्षिण कोरिया शाखाद्वारा संघलाई प्रोजेक्टर अनुदान (सहयोग)

काठमाडौं: नेपाल मगर सघ दक्षिण कोरिया मातहतमा सन्चालित “नेपाल कोरिया मगर उत्थान अक्षय कोष” द्वारा “शाखा अधिकृत लोकसेवा तयारी कक्षा सन्चालन” तथा कार्यालय प्रायोजनका लागि नेपाल मगर सघ केन्द्रीय कार्यालयलाई अनुदान स्वरूप प्रोजेक्टर हस्तान्तरण गरेको छ । भोलि २३ गतेबाट लोकसेवा तयारी कक्षा संचालन हुने भएकोले प्रवास शाखा दक्षिण कोरियाका पुर्व अध्यक्ष सि.पि.मगरज्युको नेतृत्वमा आज संघको मुल घर, कलंकीमा आएर प्रोजेक्ट हस्तान्तरण गरिएकोछ ।
नेपाल मगर संघ, दक्षिण कोरियाका अध्यक्ष टेक बहादुर पुनमगर, नेपाल कोरिया मगर उत्थान कोषका अध्यक्ष अप्त पुनमगर, दक्षिण कोरियाको संयोजन सहित नेतृत्व गर्नुहुने सिपि मगर र सम्पूर्ण पदाधिकारी तथा सदस्यज्युहरू प्रती संघको तर्फबाट अध्यक्ष ज्ञानेन्द्र पुनमगरज्युले धन्यवाद ज्ञापन गरेकाछन । magardairy.com वाट