लालबन्दीमा सामना सांस्कृतिक अभियान

लालबन्दी | सर्लाहीको लालबन्दीमा नेपाल कम्युनिस्ट पार्टीको ‘नवौं महाधिवेशनका लागी सामना सांस्कृतिक अभियान’ सम्पन्न भएको छ ।

बुधबार लालबन्दी ७ स्थित पश्चिम बसपार्क नजिकै सम्पन्न कार्यक्रमलाई सर्लाही र रौतहटका जिल्ला ईन्चार्ज समर शाही, सर्लाही जिल्लाका लोकप्रिय एवं बरिष्ठ नेता कमल शुस्लिङ, जिल्ला सचिव जनक राउतलगाएत जिल्लाका पार्टी नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले ओझिलो भाषण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य समरले अहिले पुँजिवाद दलाल सत्ताको विकल्प बैज्ञानिक समाजवाद रहेको दाबी गर्नुभएको थियो । साथै उहाँले सम्पूर्ण देशभक्त, प्रगतिशील, लोकतन्त्रवादी, महिला, जनजाति, युवालाई पनि बैज्ञानिक समाजवाद प्राप्ति गर्नको निमित्त पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो।

कार्यक्रममा सामना परिवारले बेजोड सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो । कार्यक्रम संचालन भने आरोहले गर्नुभएको थियोे ।