Sunday, April 19News That Matters

सिन्धुलीकाे बाेहाेरेटारमा हायस दुर्घटना हुँदा एकजना गम्भीर घाइते

सिन्धुलीको बोहोरेटारमा माइकोक्रो हायस दुर्घटना भएको छ। सिन्धुली बाट काठमाडौँतर्फ जादैँ गरेको बा ४ ख २२६६ नम्बरको हायस र काठमाडौँ बाट सिरहातर्फ जादै गरेको बा ८० प ८६५ नम्बरको मोटरसाइकल सिन्धुलीको सुनकोशी गाउँपालिका ३ बोहोरेटारस्थित विपी राजमार्गमा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी नायव निरिक्षक जेजंग कार्कीले जानकारी दिनुभयो ।

निरिक्षक कार्कीले दिएको जानकारी अनुसार हायस दुर्घटना हुँदा हायसमा सवार हरिपुर गाउँपालिकाको ६० वर्षको रोहित बहादुर लो सामान्य घाइते भएको छन् भन्ने
मोटरसाइकलमा पछाडी सवार सर्लाही रामनगर गाउँपालिकाका २१ वर्षिया युवक गम्भिर घाइते भएको छन् । गम्भिर घाइते युवकलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको बताउनु भयो ।

त्यस्तै मोटरसाइकल चालक नागेश्वर महत्तो भने सामान्य घाइते भएका छन् ।गाडी र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको
सिन्धुली प्रहरीले जनाएको छ।