Monday, October 3, 2022
More
    गृहपृष्ठसर्लाही बिशेशहरिवनमा गोमन सर्पको टोकाईबाट एक महिलाको मृत्यु

    हरिवनमा गोमन सर्पको टोकाईबाट एक महिलाको मृत्यु

    - Advertisement -

    लालबन्दी । सर्लाहीको हरिवनमा शुक्रवार दिउँसो गोमन सर्पको टोकाईबाट एक मजदुर महिलाको मृत्यु भएको छ ।

    हरिवन नगरपालिका ११ का भिम प्रसाद दाहालको घरमा ठेकेदारसँग लेबर काम गर्ने सोहि ठाउँकी ३५ बर्षकी श्याम कुमारी महतोलाई गोमन सर्पले टोकेको थियो । काम गर्ने क्रममा सर्पले टोकेपछि महतोलाई उपचारका लागी लालबन्दी १ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा उपचारका लागी ल्याईएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि जनकपुर रेफर गरिएको थियो ।

    उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति ११ बजेतिर ज्यान भएको र उनको शव परिवारले बुझि लगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी बिजय यादवले जानकारी दिनुभयो ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !