Saturday, April 18News That Matters

युवा संगठन नेपाल, सर्लाहीको पाचौं जिल्ला सम्मेलन बरथवामा सम्पन्न

बरथवा । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल सर्लाही जिल्लाको पाचौं जिल्ला सम्मेलन बरथवा नगरपालिकामा भव्य रूपमा सम्पन्न भएको छ ।
सम्मेलनले रवि लामाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा दिनेश किङ्गरिङ, सचिव प्रमोद राम, सह-सचिव अनिश खड्का, कोषाध्यक्ष दिपक माझीसहित २५ सदस्यीय जिल्ला कमिटी रहेको छ ।

रवि लामाको सभाअध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पूर्व जिल्ला सेक्रेटरी तथा वरिष्ठ नेता कमल सुस्लिङ, अन्य अतिथिहरुमा पार्टीका सर्लाही जिल्ला सेक्रेटरी जनक राउत, युवा संगठन नेपाल मधेस प्रदेश इन्चार्ज गोविन्द चन्द, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय सदस्य प्रमिला लामा लगायतको उपस्थिति थियो ।

सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि कमलले दलालहरुको घर नभत्काई वैज्ञानिक समाजवाद स्थापना गर्न नसकिने बताउनु भयो । त्यसैले यो मक्किएको घरलाई भत्काउन सम्पूर्ण युवा शक्ति उठ्नुपर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा बोल्दै अर्का अतिथि जनकले देशमा भैरहेको ब्याप्त भ्रष्टाचार, कमिसन लगायत विभिन्न खालका समस्याबाट मुक्त गर्न युवा शक्ति अगाडि बढ्नु पर्ने बताउनु भयो ।

कार्यक्रम बोल्दै युवा संगठन मधेस प्रदेश इन्चार्ज गोविन्द चन्दले युवाहरु विदेशीको गुलाम होइन देशको स्वाधीनताको लागि लड्नुपर्ने बताउनुभयो । संकटको भुमरीमा रहेको देशलाई बचाउन पनि युवा शक्ति अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।