धनुषामा एक महिलाको शव फेला

धनुषा | धनुषामा एक महिलाको शव फेला परेको छ। धनुषाको शहीदनगर नगरपालिका–३, पुलचौकमा एक महिलाको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

आज बिहान पुलचौकस्थित रहेको नहर नजिक अन्दाजी ३० वर्षीया बबिता देवी दासको शव फेला परेको हो ।

उपरीक्षक रजौरेले घटना शंकास्पद रहेकाले थप अनुसन्धान भइरहेको बताउनुभयो ।

शवको पोष्टमार्टमपश्चात् थप कुरा खुल्ने तथा यससम्बन्धमा थप अनुसन्धान भइरहेको रजौरेले जानकारी दिनुभयो ।