Sunday, April 19News That Matters

राप्रपा आबद्ध युबा अध्यक्ष राप्रपा नेपालमा प्रवेश

हेटौंडा । राप्रपा आबद्ध भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युबा संगठन बकैया गाउँ कमिटीका अध्यक्ष राजन राई राप्रपा नेपालमा प्रवेश गरेका छन् । राईले आज एक बिज्ञप्ति प्रकाशित गर्दै बिकासप्रेमी नेता कमल थापालाई सहयोग गर्नु आफ्नो राजनैतिक धर्म भन्दै कमल थापा जिताउ अभियानमा कृयाशिल हुने प्रतिबद्धता ब्यक्त गरेका छन्। उनले कमल थापाले बिचारको प्रतिपादन गरेको , पार्टी र संगठन निर्माण गरेको भनेर प्रशंसा समेत गरेका छन् । राईले अन्य सबै युबाहरुलाई कमल थापालाई जिताउन सहयोग गर्न पनि आग्रह गरेका छन् । राईलाई राप्रपा नेपालका नेताहरु गणेश थापा राजाराम बर्तौला लगायतले पार्टीमा स्वागत गरेका थिए ।