Monday, October 3, 2022
More
    गृहपृष्ठसर्लाही बिशेशआफु सांसद बने पिडितहरुको अवाज बन्ने छु : युवा नेतृ साह

    आफु सांसद बने पिडितहरुको अवाज बन्ने छु : युवा नेतृ साह

    - Advertisement -

    लालबन्दी । पार्टीले समानुपातिक सूचिमा आफ्नो नाम समेत समावेश गरेपछि काँग्रेस नेतृ अनिता साह निकै नै हर्षित हुनुभएको छ ।

    पार्टीले सर्लाही क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभाको समानुपातिक सांसदको लागि आफ्नो नाम सिफारिस गरी पठाएपछि निकै खुशि लागेको भन्दै आफ्नो क्षेत्रकै कान्छी उमेदवार दावि गरिनुभएकी साहले पार्टी नेतृत्वकालाई धन्यवाद दिनुभयो ।

    आगामी मंसीरमा हुने संघ र प्रदेश सभा निर्वाचनका लागि दलहरुले भोलि र पर्सि समानुपातिक सदस्यको बन्दसूचि बुझाउँदैछन् । पार्टीले बुझाउने बन्दसूचिमा आफू पर्ने दाबी गर्दै साहले समानुपातिक सांसद बन्न पाए सांसद भएर जनताको सेवा गर्ने ठुलो चाहना रहेको बताउनुभयो । मलाई विश्वास छ नेपाली कांग्रेस पार्टीले मलाई मायाँ गरेको छ, । आफु सांसद भएपछि क्षेत्रवासीको समृद्धी, विकासमा लाग्ने छु, पिडितहरुको अवाज बन्ने छु, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने छु युवा नेतृ साहले दावी गर्नुभयो ।

    उहाले अब देश हाक्न युवा सक्षम रहेको हुदाँ पनि आफुले उम्मेदवारी दिएको दावी गर्नुभयो । सांसद बनेपछी विकासको लहर नयाँ तरिकाबाट गर्ने समेत नेतृ साहले टिप्पणी गर्नुभयो ।

    क्षेत्रीय कमिटीले सर्लाही क्षेत्र नम्बर १ को प्रदेश(क) बाट साहसहित ११ जनाको नाम समानुपातिक सांसदका लागि जिल्ला कमिटीमा सिफारिस गरी पठाएको थियो । ती मध्ये मधेशी महिला कोटाबाट साहको एकल नाम सिफारिस भएको छ ।

    साह सांसद बने क्षेत्रमा सोचेभन्दा बढी विकास हुने उहाँ निकट नेता कार्यकर्ताको भनाई छ । ‘त्यसैपनि अहिले शिक्षित, योग्य र सक्षम यूवा नेतृत्वको खोजी भईरहेको छ । दलहरुले पनि यूवालाई नै अघि सारीरहेका छन् । नेपाली काँग्रेसले पनि हाम्रो क्षेत्रबाट प्रदेश सांसदको लागि साह जस्तो शिक्षित महिलाको नाम सिफारिस गरी पठाएकोले हामी अत्यन्तै खुशि छौं ।, साह निकट नेता कार्यकर्ताले भने ।

    पेशाले गृहणी भएपनि साह विद्यार्थीकाल देखि नै नेपाली काँग्रेसमा सक्रिय हुनुहुन्छ । उहाँले ब्याचलर(स्नातक) तह सम्मको अध्ययन गर्नुभएको छ भने मास्टर डिग्रीको समेत तयारी गरिरहनुभएको छ । राजनीति आफूलाई सानैदेखि मन पर्ने साहले बताउनुभयो । आफू पनि देश र जनताको लागि केही गर्छु भनेर राजनीतिमा आएको बताउनुहुँदै साहले अब देश हाक्ने जिम्मा नै यूवालाई दिनुपर्ने बताउनुभयो । प्रदेश सांसद उम्मेदवार साह चन्द्रनगर गाउँपालिका वडा नं. १ निवासी हुन ।

    - Advertisement -

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !