Monday, October 3, 2022
More
    गृहपृष्ठसमाचारलोसपाले टुंग्यायो समानुपातिक उम्मेदवार, क्लस्टर अनुसार सूची तयार गर्दै

    लोसपाले टुंग्यायो समानुपातिक उम्मेदवार, क्लस्टर अनुसार सूची तयार गर्दै

    - Advertisement -

    काठमाडौं | लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको छ ।

    लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले उम्मेदवार टुंगो लगाएका हुन् । भदौ ३१ गते बसेको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार टुंगो लगाउने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो ।

    अध्यक्ष ठाकुरले पार्टीका शीर्ष नेताको सल्लाहमा उम्मेदवारको टुंगो लगाएको सो पार्टीका एक नेताले बताए ।

    शीर्ष नेताले उम्मेदवार टुंगो लगाएपछि त्यसलाई कलस्टर अनुसार सूची तयार गर्ने जिम्मेवारी पार्टीका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनाललाई दिइएको छ ।

    उनले क्लस्टअनुसार सूची तयार गरेर आजै शीर्ष नेतालाई बुझाउने बताइएको छ ।

    समानुपातिक उम्मेदवारका लागि सातवटै प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशका लागि करिब १३ सय जनाको नाम केन्द्रमा सिफारिस भएको थियो । त्यसमध्ये सबभन्दा बढी ७७५ जनाको नाम मधेश प्रदेशबाट सिफारिस भएको थियो ।

    लोसपालाई मधेश प्रदेशको नाम टुंगो लगाउन हम्मे हम्मे भएको छ ।

    स्रोतका अनुसार शीर्ष नेताले टुङ्ग्याएर दिएको नाममा पनि मधेश प्रदेशमा सहमति जुटेको छैन ।

    त्यसलाई मिलाएर क्लस्टर तयार गर्ने काम नेता सोनलले गरिरहेको बुझिएको छ ।

    - Advertisement -

    1 टिप्पणी

    एक उत्तर छोड्न

    कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
    कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

    Advertisingspot_img

    Popular posts

    My favorites

    I'm social

    50,000प्रशंसकजस्तै
    7,000अनुयायीहरूलाईपालन
    500अनुयायीहरूलाईपालन
    500ग्राहकहरुसदस्यता

    फेसबुक पेज लाइक गर्नुहाेस !